News Portal

काठमाडौंमा राप्रपाको मंसिर २३ को प्रदर्शन तयारी

१८६ पटक

काठमाडौं, मंसिर १२ – राप्रपाले मंसिर २३ गते राजधानीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले उपत्यकाभर दबाबमूलक शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार राजा, राजनीतिक दल र जेनजीबीच नयाँ किसिमको समझदारी बनाउन जनस्तरबाट दबाब आवश्यक ठान्दै राप्रपाले यो कार्यक्रम तय गरेको छ।

पार्टीले अहिलेको राजनीतिक परिस्थितिबारे आफ्नो धारणा स्पष्ट गराउन प्रधानमन्त्री सुशीला कार्कीसँग भेट्ने पनि निर्णय गरेको छ। यस्तै, आम नागरिकसम्म आफ्नो विचार पुर्‍याउन देशभर सभा र प्रदर्शन अघि बढाउने तयारी रहेको राप्रपाले जनाएको छ।

कार्यक्रम व्यवस्थापनका लागि प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री रवीन्द्रप्रताप शाह र धनबहादुर बुढाको संयोजनमा समिति गठन गरिएको छ।

यस्तै, समान सोच भएका दल र समूहसँग सहकार्य तथा मोर्चा विस्तारका लागि उपाध्यक्ष बुद्धिमान तामाङ, नेता विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान रहेको वार्ता समिति पनि गठन गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...