News Portal

काठमाडौंमा राप्रपाको मंसिर २३ को प्रदर्शन तयारी

२७८ पटक

काठमाडौं, मंसिर १२ – राप्रपाले मंसिर २३ गते राजधानीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले उपत्यकाभर दबाबमूलक शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार राजा, राजनीतिक दल र जेनजीबीच नयाँ किसिमको समझदारी बनाउन जनस्तरबाट दबाब आवश्यक ठान्दै राप्रपाले यो कार्यक्रम तय गरेको छ।

पार्टीले अहिलेको राजनीतिक परिस्थितिबारे आफ्नो धारणा स्पष्ट गराउन प्रधानमन्त्री सुशीला कार्कीसँग भेट्ने पनि निर्णय गरेको छ। यस्तै, आम नागरिकसम्म आफ्नो विचार पुर्‍याउन देशभर सभा र प्रदर्शन अघि बढाउने तयारी रहेको राप्रपाले जनाएको छ।

कार्यक्रम व्यवस्थापनका लागि प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री रवीन्द्रप्रताप शाह र धनबहादुर बुढाको संयोजनमा समिति गठन गरिएको छ।

यस्तै, समान सोच भएका दल र समूहसँग सहकार्य तथा मोर्चा विस्तारका लागि उपाध्यक्ष बुद्धिमान तामाङ, नेता विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान रहेको वार्ता समिति पनि गठन गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...