News Portal

  • ओलीको सिमरा सम्बन्धी टिप्पणी हटाउन प्रेस काउन्सिलको निर्देशन

    ४७ पटक

    काठमाडौँ, मंसिर ११ – प्रेस काउन्सिल नेपालले सिमरा विमानस्थलमा भएको घटनाबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा टुक्रा–टुक्रामा प्रस्तुत गरिएको भन्दै केही फेसबुक पेजलाई सामग्री हटाउन वा सम्पादन गर्न निर्देशन दिएको छ।

    काउन्सिलले ‘मेरो न्युज डटकम’ सहितका केही पेजहरूलाई पत्र पठाउँदै ओलिको वक्तव्यको उत्तेजक अंश मात्र काटेर रिल्समा राखिएको सामग्री आचारसंहिताविपरीत भएको टिप्पणी गरेको छ। काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालका अनुसार पूरै भाषण प्रसारण गर्नेलाई रोकिएको छैन, तर उत्तेजना फैलाउने हिस्सालाई छुट्टै क्लिप बनाएर प्रचार गर्नु गलत भएको काउन्सिलको निष्कर्ष छ।

    काउन्सिलको पत्रमा ‘सिमरा घटनाबारे ओली’ शीर्षकमा प्रस्तुत गरिएको सामग्रीले अपूर्ण प्रसंगमार्फत हिंसा र तनाव बढाउन सक्ने संकेत भेटिएको उल्लेख छ। सोही कारण २४ घन्टाभित्र भिडियो हटाउन वा सम्पादन गरेर जानकारी दिन निर्देशन दिइएको छ।

    ओलीले सिमरामा विमानस्थल बन्द भएको घटनालाई सरकारको कमजोरी भन्दै आफ्नो पार्टीमाथि आक्रमण भयो भने प्रतिकार गर्ने चेतावनी दिएका थिए। यही वक्तव्यको एक अंश मात्र काटेर पोस्ट गरिनु काउन्सिलले संवेदनशील ठानेको बुझिएको छ।

    यस विषयमा प्रेस चौतारी नेपालले काउन्सिलको कदमप्रति आपत्ति जनाएको छ। अध्यक्ष गणेश पाण्डेले सार्वजनिक पदमा बसेका नेताका भनाइ प्रसारण गर्नु सञ्चार माध्यमको दायित्व भएको भन्दै काउन्सिलले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको टिप्पणी गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सहकारी ठगी प्रकरण : रवि लामिछाने र छविको मुद्दामा फेरि सुनुवाइ स्थगित

    भैरहवा, मंसिर ११ – रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थासँग सम्बन्धित ठगी र संगठित अपराधको मुद्दामा...

    रवि लामिछाने–छविलाल जोशीको मुद्दा उच्च अदालतको तेस्रो इजलासमा

    रुपन्देही, मंसिर ११ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल...

    ओलीको सिमरा सम्बन्धी टिप्पणी हटाउन प्रेस काउन्सिलको निर्देशन

    काठमाडौँ, मंसिर ११ – प्रेस काउन्सिल नेपालले सिमरा विमानस्थलमा भएको घटनाबारे एमाले अध्यक्ष केपी शर्मा...

    आजदेखि चलनचल्तीमा आयो १ सय रुपैयाँको नयाँ नोट

    काठमाडौँ, मंसिर ११ – नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ नोट आजदेखि औपचारिक...

    आज २०८२ साल मंसिर ११ गतेको राशिफल

    आज मंसिर ११, २०८२ (नोभेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...