News Portal

  • धनगढीमा महेश बस्नेतविरुद्ध जेनजी युवा प्रदर्शन

    ३१ पटक

    धनगढी, मंसिर १० – नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्।

    बुधबार बिहान बजार क्षेत्रमा प्लाकार्डसहित प्रदर्शन गरिएको थियो। २३–२४ भदौको जेनजी आन्दोलनपछि बस्नेत र जेनजी युवाबीच द्वन्द्व बढ्दै गएको बताइएको छ।

    गत ४ मंसिरदेखि बस्नेतका कार्यक्रममा जेनजी युवाले विरोध प्रदर्शन गर्दै आएका छन्। यसअघि बाराको परवानीपुरमा उनका कार्यक्रममा विरोध भएपछि दुई दिनसम्म सिमरामा अस्थिरता सिर्जना भएको थियो।

    त्यस्तै, इटहरीमा बस्नेतको कार्यक्रममा दुई जेनजी युवाले रातो रङ भरिएका बेलुन प्रहार गरेका थिए भने मंगलबार सुर्खेतमा पनि उनका कार्यक्रममा विरोध देखिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धनगढीमा महेश बस्नेतविरुद्ध जेनजी युवा प्रदर्शन

    धनगढी, मंसिर १० – नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा जेनजी युवाहरूले विरोध...

    साम्राज्ञी र विशाल खरेलको सम्बन्ध सार्वजनिक भएपछि विवाद

    काठमाडौं, मंसिर १० – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले हालै सार्वजनिक गरेको इन्गेजमेन्टपछि उनका हुनेवाला श्रीमान्...

    वार्षिकोत्सवमा जेष्ठ नागरिक सम्मानित

    रबिन्द्र बराल/ मंसिर १० – मोरङ, रंगेली–९ स्थित दोहमनामा रहेको हृदयेश्वर हरि किर्तन परिवारले आफ्नो वार्षिकोत्सव...

    ११औं उद्योग दिवसमा रंगेलीका थापा उत्कृष्ट

    रबिन्द्र बराल/ मंसिर १० – “औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ एघारौं...

    आदर्श अभिभावक सम्मान आयोजना गर्दै ढुंगेल परिवार

    झापा, मंसिर १० – झापा र सुनसरी जिल्लामा आदर्श अभिभावक सम्मान कार्यक्रम आयोजना हुने भएको...