News Portal

११औं उद्योग दिवसमा रंगेलीका थापा उत्कृष्ट

९५ पटक

रबिन्द्र बराल/ मंसिर १० – “औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ एघारौं उद्योग दिवस सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ र घरेलु तथा साना उद्योग कार्यालयले हरेक वर्ष आयोजना गर्दै आएको यस कार्यक्रममा यस वर्ष रंगेली–८ मा रहेको श्री ओजस्वी एग्रिकल्चर फार्म प्रा.लि. उत्कृष्ट उद्यमी श्रेणीमा छनोट भएको छ।

उक्त फार्मका सञ्चालक ओमकार थापालाई उत्कृष्ट उद्यमीतर्फ सम्मान गरिएको हो। त्यस्तै, महिलातर्फ केराबारी दालमोट भुजियाकी सञ्चालिका भीमकुमारी राईलाई पनि ११औं राष्ट्रिय उद्योग दिवसको अवसरमा सम्मानस्वरूप प्रशंसा पत्र प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौला थिए। महा–सचिव उत्तम सेन, सचिव भवेश पौडेल, उपाध्यक्ष तुलसी ढकाल, चन्द प्रसार अधिकारी, भवानी घिमिरेसहित उद्योग, कृषि तथा सहकारी मन्त्रालयका चन्द्र कार्की, चुडामणि न्यौपाने, ठाकुर सुवेदीलगायतको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...