News Portal

११औं उद्योग दिवसमा रंगेलीका थापा उत्कृष्ट

१५० पटक

रबिन्द्र बराल/ मंसिर १० – “औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ एघारौं उद्योग दिवस सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ र घरेलु तथा साना उद्योग कार्यालयले हरेक वर्ष आयोजना गर्दै आएको यस कार्यक्रममा यस वर्ष रंगेली–८ मा रहेको श्री ओजस्वी एग्रिकल्चर फार्म प्रा.लि. उत्कृष्ट उद्यमी श्रेणीमा छनोट भएको छ।

उक्त फार्मका सञ्चालक ओमकार थापालाई उत्कृष्ट उद्यमीतर्फ सम्मान गरिएको हो। त्यस्तै, महिलातर्फ केराबारी दालमोट भुजियाकी सञ्चालिका भीमकुमारी राईलाई पनि ११औं राष्ट्रिय उद्योग दिवसको अवसरमा सम्मानस्वरूप प्रशंसा पत्र प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौला थिए। महा–सचिव उत्तम सेन, सचिव भवेश पौडेल, उपाध्यक्ष तुलसी ढकाल, चन्द प्रसार अधिकारी, भवानी घिमिरेसहित उद्योग, कृषि तथा सहकारी मन्त्रालयका चन्द्र कार्की, चुडामणि न्यौपाने, ठाकुर सुवेदीलगायतको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...