News Portal

रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

२२८ पटक

विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जनालाई इलाम र झापामा पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा झापाका दुई जना र इलामका एक जना छन्। उनीहरूलाई सुरुमा लागुऔषध कारोबारीको खोजीका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद हतियार र गोलीसहित तीनै जनालाई कारबाहीको लागि काठमाडौं पठाइएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, दमक–८ का २५ वर्षीय सरोज पुरीले रानीपोखरीबाट लुटिएको टाइप–५४ पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली राखेको पाइयो। पुरीले अर्को पेस्तोल र गोली आफ्नो साथी विश्व लिङ्देनलाई दिएको स्वीकारेका छन्।

इलामको चुलाचुली गाउँपालिका–४ का ३० वर्षीय पवन हाङसुङ्वाले उक्त पेस्तोल २० हजार रुपैयाँमा किनेको बताए। प्रहरीले माटोमा गाडिएका पेस्तोल र ५ राउण्ड लोड भएको गोली बरामद गरेको छ।

प्रहरीका अनुसार तीनै जना प्रारम्भिक अनुसन्धानमा लागुऔषध प्रयोगकर्ता जस्तो देखिन्छन् र थप अनुसन्धान र कारबाही प्रक्रिया जारी छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...