News Portal

बसपार्क नजिक तेस्रो लिंगीको शव भेटियो, सनाखत गर्न सकिएको छैन

१८५ पटक

काठमाडौं, मंसिर ७ – काठमाडौंको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिक शनिबार दिउँसो सडक किनारमा तेस्रो लिंगीको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, शव अझै सनाखत हुन सकेको छैन। घटनास्थलमा पुगेको प्रहरीले शवलाई पोकोमा राखिएको अवस्था पाएको थियो।

प्रहरीले प्रारम्भिक जाँचमा हत्या भएको अनुमान गरेका छन्। तर शवमा कुनै हतियारको चोट वा शरीर टुक्रा पारिएको अवस्था भने भेटिएको छैन। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रहरी अनुसन्धान जारी राख्दै घटनाका कारण र शवको पहिचान पत्ता लगाउने प्रयास गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...