News Portal

बसपार्क नजिक तेस्रो लिंगीको शव भेटियो, सनाखत गर्न सकिएको छैन

१३३ पटक

काठमाडौं, मंसिर ७ – काठमाडौंको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिक शनिबार दिउँसो सडक किनारमा तेस्रो लिंगीको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, शव अझै सनाखत हुन सकेको छैन। घटनास्थलमा पुगेको प्रहरीले शवलाई पोकोमा राखिएको अवस्था पाएको थियो।

प्रहरीले प्रारम्भिक जाँचमा हत्या भएको अनुमान गरेका छन्। तर शवमा कुनै हतियारको चोट वा शरीर टुक्रा पारिएको अवस्था भने भेटिएको छैन। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रहरी अनुसन्धान जारी राख्दै घटनाका कारण र शवको पहिचान पत्ता लगाउने प्रयास गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...