News Portal

  • निर्वाचन स्वच्छ र भयमुक्त हुनुपर्छ – रावलको जोड

    ३५ पटक

    धनगढी, मंसिर ७ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टी आगामी ताजा जनादेशका लागि पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले निर्वाचन तोकिएको मिति फागुन २१ मा स्वच्छ र भयमुक्त वातावरणमा हुनुपर्नेमा जोड दिए।

    उनले भने, “कारागारबाट फरार रहेका कैदीहरू अझै नियन्त्रणमा आएका छैनन्, हतियार र गोलीहरू बरामद भएका छैनन्। सरकारले यसबारे ध्यान दिनुपर्छ।” निर्वाचनको वातावरण सुरक्षित नभएसम्म प्रक्रिया कठिन हुने रावलको भनाइ थियो।

    रावलले मंसिर १२ बाट सुरु हुने “एकता सन्देश” सभाले पार्टीको जनलहर थप वृद्धि गर्ने दाबी पनि गरे। धनगढी रंगशालामा हुने उक्त सभामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायत अन्य नेताहरूले सम्बोधन गर्नेछन्।

    उनले एमाले र कांग्रेसको दम्भका कारण भदौ २३–२४ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख जिम्मेवार रहेको आरोप पनि लगाए। साथै, चुनावले अपराधमा संलग्न व्यक्तिहरू र अव्यवस्थित प्रवृत्तिलाई पाखा लगाउने बताए।

    रावलले एमालेभित्रको असन्तुष्टि र विवादका कारण ठूलो सङ्ख्यामा नेताहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्न सक्ने सम्भावनाको पनि संकेत गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुधन गुरुङ बाराका सांसद किसान श्रेष्ठको घरमा अनाधिकृत प्रवेश

    काठमाडौं, मंसिर ७ – जेनजी आन्दोलनपछि विवादित गतिविधिमा सक्रिय सुधन गुरुङले बाराका निवर्तमान सांसद किसान...

    बसपार्क नजिक तेस्रो लिंगीको शव भेटियो, सनाखत गर्न सकिएको छैन

    काठमाडौं, मंसिर ७ – काठमाडौंको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिक शनिबार दिउँसो सडक किनारमा तेस्रो...

    निर्वाचन स्वच्छ र भयमुक्त हुनुपर्छ – रावलको जोड

    धनगढी, मंसिर ७ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टी आगामी ताजा...

    १७ वर्षे युवाबाट बस्नेतको गाडीमा रङ प्रहार, जेनजी समूहको दाबी

    काठमाडौं, मंसिर ७ – विराटनगरबाट इटहरीतर्फ जाँदै गरेका एमाले नेता महेश बस्नेत सवार गाडीमाथि आइतबार...

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...