News Portal

१७ वर्षे युवाबाट बस्नेतको गाडीमा रङ प्रहार, जेनजी समूहको दाबी

१२४ पटक

काठमाडौं, मंसिर ७ – विराटनगरबाट इटहरीतर्फ जाँदै गरेका एमाले नेता महेश बस्नेत सवार गाडीमाथि आइतबार बिहान युवाहरूले रातो रङ फ्याँकेका छन्। बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन बाटो लागेका बेला अचानक रोक्दै बेलुनमा राखिएको रङ गाडीमा फालिएको हो।

बस्नेतका अनुसार दुई युवाले गाडी रोकाएर रङ फ्याँकेका थिए। सोही घटनाबारे जेनजी समूहकी अगुवा भावना राउतले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै १७ वर्षका एक युवाले असन्तोष प्रकट गर्न यस्तो कदम चालेको बताइन्। उनले सहिदलाई आतंककारी मान्ने प्रवृत्तिप्रति युवामा रोष बढेको संकेत गरेको उल्लेख गरिन्।

राउतले राज्यले जिम्मेवारी लिन नसक्दा र संवेदनशील अभिव्यक्ति नियन्त्रणमा ल्याउन नसक्दा युवाहरू सडकमा उत्रिन बाध्य भएको टिप्पणी गरिन्। केही दिनअघि बस्नेत सिमरा जाँदै गर्दा पनि अवरोध भोग्नुपरेको थियो।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...