News Portal

१७ वर्षे युवाबाट बस्नेतको गाडीमा रङ प्रहार, जेनजी समूहको दाबी

१७५ पटक

काठमाडौं, मंसिर ७ – विराटनगरबाट इटहरीतर्फ जाँदै गरेका एमाले नेता महेश बस्नेत सवार गाडीमाथि आइतबार बिहान युवाहरूले रातो रङ फ्याँकेका छन्। बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन बाटो लागेका बेला अचानक रोक्दै बेलुनमा राखिएको रङ गाडीमा फालिएको हो।

बस्नेतका अनुसार दुई युवाले गाडी रोकाएर रङ फ्याँकेका थिए। सोही घटनाबारे जेनजी समूहकी अगुवा भावना राउतले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै १७ वर्षका एक युवाले असन्तोष प्रकट गर्न यस्तो कदम चालेको बताइन्। उनले सहिदलाई आतंककारी मान्ने प्रवृत्तिप्रति युवामा रोष बढेको संकेत गरेको उल्लेख गरिन्।

राउतले राज्यले जिम्मेवारी लिन नसक्दा र संवेदनशील अभिव्यक्ति नियन्त्रणमा ल्याउन नसक्दा युवाहरू सडकमा उत्रिन बाध्य भएको टिप्पणी गरिन्। केही दिनअघि बस्नेत सिमरा जाँदै गर्दा पनि अवरोध भोग्नुपरेको थियो।

प्रतिकृया दिनुहोस्

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...