News Portal

जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

१५० पटक

काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन आयोगबाट आधिकारिकता पाएका छन्। भदौ २३ र २४ मा आन्दोलन चर्किएपछि ती दलहरू एकपछि अर्को दर्ता प्रक्रियामा पुगेका थिए।

आयोगका अनुसार दर्ता सम्पन्न राजनीतिक दलहरूको संख्या अहिले १२९ पुगेको छ, जबकि २८ दल अझै दर्ता प्रक्रियामा छन्।

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा बनेको श्रम संस्कृति पार्टीलाई आयोगले अँजुलीमा माटो रहेको चिह्नसहित दर्ता प्रमाणपत्र प्रदान गरेको छ।

दिनेश राज प्रसाईं नेतृत्वको गतिशिल लोकतान्त्रिक पार्टीले दिपज्योति चिह्न पाएको छ।

कवीर सोबको नागरिक उन्मुक्ति पार्टी नेपालले जाँतोलाई चुनाव प्रतीक बनाएको छ।

त्यस्तै राजेश पटेल नेतृत्वमा राष्ट्रिय परिवर्तन पार्टी दर्ता भएको छ, जसको चिह्न बाँसुरी हो।

रियाज अहमदको राष्ट्रिय जनमत पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, अकबर खानको राष्ट्र निर्माण दल, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी, प्रशान्त सिंहको पिपुल फस्ट र अनुप कुमार उपाध्यायको उज्यालो नेपाल पार्टी पनि आयोगद्वारा मान्यता प्राप्त दलमा परेका छन्।

प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेसम्म ४० दल दर्ता भइसकेका छन्। आयोगले दर्ताको अन्तिम म्याद मंसिर १० तोकेको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि ८ दल दर्ता भएका छन् र दर्ताको समय सीमा मंसिर ७ सम्म राखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...