News Portal

  • बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    ३४ पटक

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा सिंहदरबारमा ठूलो सभा आयोजना गर्ने योजना सार्वजनिक गरेका छन्। बस्नेतका अनुसार यदि नेताहरूलाई कुनै आयोग वा निकायले बयान दिन बोलाउँछ भने १ लाखभन्दा बढी कार्यकर्ता सिंहदरबार प्रवेश गर्न तयार छन्।

    तर उनले स्पष्ट पारे कि एनभीएफ भदौ २४ गतेको जस्तो तोडफोड वा आगजनीमा संलग्न हुने छैन। “हामी फूलमाला लगाएर मन्त्रीहरूलाई स्वागत गर्नेछौँ,” बस्नेतले भने।

    उनले वर्तमान सरकारका प्रधानमन्त्री, मन्त्री र अन्य नेताका छोराछोरी विदेशमा रहेकाले ‘नेपो बेबी’को नाममा छोराछोरीलाई आफ्नो पक्षमा ल्याउने आरोप असत्य भएको बताए।

    बस्नेतले फोर्स पार्टीको नीति कार्यान्वयन, नेतृत्व संरक्षण र प्राकृतिक प्रकोपमा राहत तथा उद्धारका लागि परिचालित हुने जानकारी दिएका छन्। एनभीएफको घोषणा कार्यक्रम अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बबरमहलमा जारी छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...

    सुधन गुरुङको टोली सिमरा पुगेपछि जेन-जी र प्रशासनबीच निर्णायक वार्ता हुने

    काठमाडौं, मंसिर ५ – बाराको सिमरामा तीन दिनदेखि चलिरहेको तनावपूर्ण अवस्थाबीच जेन-जी समूहको आन्दोलन नयाँ...

    आज २०८२ साल मंसिर ५ गतेको राशिफल

    आज मंसिर ५, २०८२ (नोभेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...