News Portal

ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

१३४ पटक

काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति र सुव्यवस्था मजबुत बनाउन तयार गरिएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित कमाण्ड घोषणा कार्यक्रममा उनले यो संरचना कसैविरुद्ध लक्षित नभएको बताए।

उनका अनुसार स्वंयसेवकहरू अनुशासनमा रहेर काम गर्नेछन् र फोर्सको मुख्य उद्देश्य नागरिकको ज्यानधनको सुरक्षा हो। उनले एमालेसँग वा फोर्ससँग असहमत रहनेहरू पनि यो समूहबाट आत्तिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारे।

ओलीले राज्य संयन्त्र एक्लैले शान्ति सुरक्षा कायम गर्न चुनौती भएको भन्दै फोर्सलाई पूरक भूमिका खेल्ने संरचना रहेको बताए। उनका अनुसार औद्योगिक प्रतिष्ठानदेखि राष्ट्रिय सम्पत्तिको सुरक्षासम्म फोर्सले सहयोग पुर्‍याउनेछ।

प्रतिकृया दिनुहोस्

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...