News Portal

सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

१३५ पटक

बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले कार्यकर्ता र जेन-जी समूहका युवाबीच भएको झडपपछि स्थिति संवेदनशील बनेको भन्दै प्रशासनले बिहीबार पनि कर्फ्यू लगाएको छ।

बिहानैदेखि युवकहरू सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। बुधबार बेलुका प्रहरी प्रशासनसँग केही बुँदामा सहमति भए पनि आज फेरि बजार क्षेत्रमा टायर बाल्ने, नाराबाजी गर्ने र जुलुस निकाल्ने गतिविधि चलेका छन्। भीड नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गर्नुपरेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश जारी राखेको छ। जेन-जी समूहले आफूहरूमाथि कुटपिट गर्नेहरूलाई कारबाही गर्न माग गर्दै केही व्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्।

बुधबार एमालेले आयोजना गरेको कार्यक्रमका लागि काठमाडौंबाट आउँदै गरेका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायत नेताहरूलाई रोक्न युवाहरू सिमरा विमानस्थल क्षेत्रमै उत्रिएपछि अवस्था झनै बिग्रिएको थियो।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...