News Portal

  • रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    ३९ पटक

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा आज उच्च अदालत बुटवलमा तोकिएको सुनुवाइ स्थगित भएको छ। उनका कानुन व्यवसायीले माग गरेपछि तीन नम्बर संयुक्त इजलासमा चढेको पेसी अघि नबढेको अदालतले जनाएको छ।

    दुबैलाई सामूहिक ठगी र संगठित अपराध मुद्दामा थुनामा राखिएको छ। बुटवल अदालतमा आज सुनुवाइ तय भए पनि लामिछानेको अर्को मुद्दा पाटन उच्च अदालतमै परेको कारण बहस सार्नुपर्ने माग आएपछि कार्यसूची रोकिन बाध्य भएको अदालतका उपरजिष्टार यज्ञमूर्ति ज्ञवालीले बताए।

    यसअघि कात्तिक २७ गते संयुक्त इजलासले सुप्रिम सहकारी प्रकरणसँग सम्बन्धित मूल मिसिल सर्वोच्च अदालतबाट झिकाउन आदेश दिएको थियो। मिसिल समयमै नआएकाले मुद्दा पटक–पटक सारिँदै आएको छ। जिल्ला अदालतबाट प्रतिलिपि आएपछि आजको पेसी राखिएको भए पनि बहस अगाडि बढ्न सकेन।

    अदालतले यसअघि नै रवि र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ चल्ने व्यवस्था मिलाएको छ। रविले बिगो बुझाएर थुनामैबाट मुद्दा लड्न पाउने व्यवस्था माग गर्दै निवेदन दर्ता गराएका छन्। सोही क्रममा अदालतले जोशीको फाइल समेत पेश गर्न निर्देशन दिएको थियो।

    सहकारी ठगी प्रकरणमा १० करोड ९९ लाख रुपैयाँभन्दा बढीको सामूहिक बिगो तोकिएको छ। चार भागमा विभाजन गरिएको बिगोमध्ये रवि र जोशी दुवैले झण्डै २ करोड ७५ लाख रुपैयाँ बराबरको जमानत रकम पेस गरिसके पनि व्यक्तिगत बिगो टुंगिन बाँकी रहेकाले दुवैलाई रिहा नगरिएको अदालतले जनाएको छ।

    हाल लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमै रहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

    काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही...

    ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

    काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष...

    सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

    बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले...

    रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा...

    आज २०८२ साल मंसिर ४ गतेको राशिफल

    आज मंसिर ४, २०८२ (नोभेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...