News Portal

एमाले नेता बस्नेत: “सिमराको प्रदर्शनले हामीलाई विचलित पार्न सक्दैन”

१३५ पटक

काठमाडौं, मंसिर ३ – नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा भएको विरोध प्रदर्शनका बाबजुद आफूहरू विचलित नहुने बताएका छन्।

प्रशासनिक कार्यक्रमका लागि महासचिव शंकर पोखरेलसहितका नेताहरू सिमरा जाने क्रममा जेनजी समूहले विमानस्थलमा रोक लगाएको थियो। प्रदर्शन केही समय उग्र बनेपछि प्रशासनले कर्फ्यु लागू गरेको थियो।

बस्नेतले भने, “बारामा भएको विरोध सामान्य घटना हो। सरकारले यसलाई नियन्त्रण गर्न नसक्नु र कर्फ्यु लगाउनु नैतिकरूपमा गलत छ। संविधानले दिएको सभा र स्वतन्त्र विचार राख्ने अधिकार हनन भएको छ।”

उनले सामाजिक सञ्जालमार्फत पनि सरकारको आलोचना गर्दै भनेका छन्, “लोकतन्त्र, कानुनी शासन र सुशासनको खिल्ली उडाउने काम रोक्नु आवश्यक छ। हामी यस्ता अवरोधले विचलित हुँदैनौं र लोकतन्त्र र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...