News Portal

रंगेली–गान्धी आश्रम सडकको काम तीव्र गतिमा अघि बढ्यो

१३९ पटक

रबिन्द्र बराल/मोरङ, मंसिर २ – मोरङको रंगेलीदेखि गान्धी आश्रम हुँदै पथरी जोडिने सडकको काम तीव्र गतिमा अघि बढेको छ। २०७६ कार्तिकमा निर्माण कार्य सुरु भए पनि नेपाल सरकारको ढिला–सुस्तिका कारण गान्धी सडक विगत ६ वर्षदेखि सुस्त गतिमा निर्माण हुँदै आएको थियो। यस कारण स्थानीय बासिन्दा धुलो र हिलोका कारण समस्या भोग्दै आएका थिए।

हालको जेन्जी युवाहरूको सरकारले काम नगर्ने ठेक्केदारहरूलाई कारवाही प्रक्रिया अघि बढाएपछि ठेक्केदारहरूले आफ्नो काम धमाधम अघि बढाइरहेका छन्। यस सडक निर्माणकार्यका लागि नेपाल सरकारले १ अर्ब ३९ करोड ५८ लाख ५१ हजार ५ सय ८७ रुपैयाँमा ठेक्का प्रदान गरेको थियो।

काम गरेको बापत कान्छाराम कन्स्ट्रक्सनले ४४ करोड ९८ लाख ६७ हजार ३ सय ९८ रुपैयाँ भुक्तानी पाइसकेको छ, जानकारी क्यान्टक मेनेजर बिनेश कुमार यादवले दिएका छन्। उनका अनुसार हुलाकी सडक निर्देशनालयले हालसम्म कामको मूल्याङ्कन गरी रकम निकासा गर्न ढिलाइ गरिरहेको हुँदा काम गर्न कठिनाइ भइरहेको छ।

कान्छाराम कन्स्ट्रक्सनले रंगेलीदेखि पथरीसम्मको २५ किलोमिटर सडकमा कालोपत्रेको जिम्मेवारी लिएको छ। हालसम्म नालाको काम सम्पन्न भए पनि अन्य काम बाँकी रहेको छ। यादवका अनुसार मंसिर १० गतेदेखि रंगेली क्षेत्रबाट समेत काम सुरु गर्ने र ८३ असारसम्ममा २५ किलोमिटर सडकको कालोपत्रे सक्ने लक्ष्य रहेको छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...