News Portal

मधेशमा मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै एमाले सडकमा

११७ पटक

जनकपुरधाम, मंसिर २ – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई जिम्मेवारी निर्विध्न रूपमा पूरा गर्न दिनुपर्ने भन्दै नेकपा एमाले आज जनकपुरधाममा सडकमा उत्रिएको छ। जनकचोकमा भेला भएका एमालेका नेता र कार्यकर्ताले संविधानको रक्षा गर्नुपर्ने र मुख्यमन्त्रीलाई अवरोध नगर्नुपर्ने मागसहित धर्ना सञ्चालन गरे।

यादवले कात्तिक २४ गते संविधानको धारा १६८(३) अनुसार शपथ लिएपनि सातदलीय गठबन्धनको विरोधका कारण सरकार सञ्चालनमा चुनौती आइरहेको छ। गठबन्धनले उनको नियुक्ति नै अवैधानिक भएको दाबी गर्दै मधेश भवन अगाडि लगातार धर्ना दिइरहेको छ।

आज पनि गठबन्धनमा रहेका प्रदेश सांसदहरु मधेश भवन अगाडि बसिरहेको धर्ना जारी राखेका छन्। एमाले र गठबन्धन दुवै पक्षको विरोध प्रदर्शनले प्रदेशको राजनीतिक वातावरण तनावपूर्ण बनेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...