News Portal

  • पुस ६ गते हुने नेपाल आइडल’को फाइनल

    हिमाली संचार संवाददाता
    ५१२ पटक

    काठमाडौं : सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’को फाइनल नेपालमा हुने भएको छ । गत वर्षको ‘नेपाल आइडल’ सिजन वनको फाइनल कतारमा भएको थियो । पुस ६ गते फाइनल काठमाडौं अथवा पोखरा मध्ये एक ठाउँमा हुनेछ ।

    अन्नपूर्ण मिडिया नेटवर्कका मेनेजिङ डाइरेक्टर लक्ष्मीप्रसाद पौडेलका अनुसार काठमाडौं र पोखरा मध्ये कुनै एक ठाउँमा फाइनल हुनेछ । अहिले उपयुक्त स्थान खोज्ने काम भइरहेको पौडेलले बताए ।

    नेपाल आइडलमा अहिलेसम्म पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड गरि चार जना प्रतिस्पर्धी बाँकी छन् । अब एक जना प्रतिस्पर्धाबाट बाहिरिए पछि तीन जनाले ग्राण्ड फिनालेका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    विक्रम र सुमित गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । गोल्डेन माइक पाउने पोखराकी निलिमा थापा मगर र चितवनका मीनराज पौडेल प्रतिस्पर्धाबाट बाहिरि सकेका छन् । ‘नेपाल आइडल’को निर्णायकका रुपमा न्युह् बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् । सिजन वनमा पनि उनीहरु नै निर्णायक थिए । होस्टमा गत शिजनमा सुशील नेपाल र रिमा विश्वकर्मा रहेकोमा अहिले सुशीलको ठाउँका आशिफ शाह छन् ।

    सिजन वनमा गाला राउण्डमा पुगिसकेपछि दर्शकको भोटका आधारमा प्रतिस्पर्धीको निर्णय गरिएको थियो । तर, यो सिजनमा भने परिमार्जन गरेर गाला राउण्डमा पनि निर्णायकमा ५० प्रतिशत अधिकार राखिएको छ ।

    ‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।

    सिजन वनमा बुद्ध लामा नेपाल आइडल भएका थिए । लामा पहिलो नेपाल आइडल हुँदा फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास भएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सारिँदै

    काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको...

    एनसेलको निःशुल्क सेवा अवधि थप

    काठमाडौं, भदौ २७ – एनसेलले आफ्ना ग्राहकलाई प्रदान गरिरहेको निःशुल्क सेवा अझै एक दिनका लागि...

    आज २०८२ साल भदौ २७ गतेको राशिफल 

    आज भदौ २७, २०८२ (सेप्टेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

    काठमाडौँ -शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।राष्ट्रपति...

    संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

    काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार...