News Portal

प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

१८५ पटक

काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र विश्वास गुमाइसकेको टिप्पणी गरेका छन्। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान विपरीत बनेको सरकारले देशलाई सुरक्षित वातावरण दिन नसकिरहेको बताए।

उनका अनुसार जेनजी आन्दोलनका क्रममा जेलबाट कैदी फरार हुनु र हतियार लुटिनु जस्ता घटनाले मुलुकमा डरको माहोल बढाएको छ। यस्ता परिस्थितिमा सरकारबाट निष्पक्ष चुनावको अपेक्षा राख्नु कठिन भएको उनको धारणा छ।

अधिकारीले राजनीतिक मार्ग खोल्न प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्ने सुझाव दिए। संशोधनपछि सदनबाहिरको व्यक्ति पनि छोटो अवधि लागि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था ल्याएर निष्पक्ष सरकार बनाउन सकिने उनको तर्क छ।

उनी भन्छन्, प्रतिनिधिसभा पुनर्स्थापना भए एमाले अध्यक्ष केपी शर्मा ओली तत्काल प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार छ। तर पार्टीलाई बलियो बनाउन अझै ओलीकै नेतृत्व अपरिहार्य रहेको उनको दाबी छ। उनले आगामी महाधिवेशनमा पनि ओली सर्वसम्मत अध्यक्ष बन्ने विश्वास व्यक्त गरे।

मधेश प्रदेशमा देखिएका समस्या हटाएर संघीयता मजबुत पार्न दलहरू एकताबद्ध हुनुपर्ने सुझाव पनि अधिकारीले दिए।

प्रतिकृया दिनुहोस्

जजिरा एयरलाइन्सको लापरवाही १७ नेपाली यात्रुको सामान कुवेतमै अलपत्र, नेपाल ल्याउन फेरि शुल्क माग

कुवेत। कुवेतबाट काठमाडौँका लागि हिजो बेलुका उडेको जजिरा एयरलाइन्सको नियमित उडानमा १७ जना यात्रुको सामान...

आज २०८२ साल फागुन १२ गतेको राशिफल

आज फागुन १२, २०८२ ( फेब्रुअरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...