
काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा बढिरहेको छ। आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २ लाख २५ हजार ५७५ जनाले राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता दर्ता पूरा गरेका छन्।
त्यसैगरी बायोमेट्रिक विधि प्रयोग गर्नेको संख्या पनि उल्लेखनीय छ। हालसम्म ३ लाख २ हजार ६२ जनाले बायोमेट्रिक्समार्फत नाम दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार यो तथ्यांक नयाँ मतदाता नामावली संकलन खुला भएको दिनदेखि कात्तिक ३० गतेसम्मको हो।
आयोगले मंसिर ५ गतेसम्म दर्ता प्रक्रिया खुला रहने जनाएको छ। राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकका लागि अनलाइनबाटै दर्ता गर्न मिल्ने व्यवस्था छ, जसले प्रक्रियालाई झन् सहज र छरितो बनाएको छ।