News Portal

भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

२७४ पटक

काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर सुरु हुँदैछ। पहिलो चरण उत्पादनमूलक क्षेत्रका आवेदकका लागि सञ्चालन हुने परीक्षामा ६७ हजार २९७ जना सहभागी हुने भएका छन्। परीक्षा माघ २७ गतेसम्म निरन्तर चल्ने कार्यक्रम छ।

ईपीएस शाखाका अनुसार कुल एक लाख २ हजार ५६४ जनाले यसपटक आवेदन दिएका थिए। शाखाले साउन २६ देखि ३१ गतेसम्म फारम खुला गरेको थियो।

यस वर्ष करिब ५ हजार ३ सय जना मात्र उत्तीर्ण हुने अनुमान गरिएको छ। उत्पादनमूलक क्षेत्रमा लगभग ३ हजार ५०० र कृषि तथा पशुपालन क्षेत्रमा करिब १ हजार ८०० जना पास हुने अपेक्षा गरिएको शाखाले जनाएको छ।

भाषा परीक्षा दैनिक पाँच सिफ्टसम्म सञ्चालन हुनेछ।

नेपाल र दक्षिण कोरियाबीच २००७ मा भएको सहमतिनुसार ईपीएसमार्फत कामदार लैजाने प्रक्रिया २००८ देखि सुरु भएको हो।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...