News Portal

मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

१३९ पटक

जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको छ। यही विवादका कारण सात दलीय गठबन्धनका सांसद आइतबार प्रदेश सभा भवन अगाडि धर्नामा बस्दै विरोधमा उत्रिए।

कांग्रेससहित गठबन्धनमा रहेका दलका सांसदहरूले प्रदेश सभा परिसरमा बाटो नै रोक्दै विरोध प्रदर्शन गरे। सभामुख रामचन्द्र मण्डलमाथि गम्भीर आरोप लगाउँदै उनीहरूले शनिबार चौरमै वैकल्पिक प्रदेश सभा बैठक संचालन गरेका थिए।

२४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई ठूलो दलको स्थिति नहेरी मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सुरु भएको हो। होटलमै शपथ गराइएको सो घटनालाई सात दलले गैरकानुनी र असंवैधानिक भन्दै निरन्तर प्रतिवाद गरिरहेका छन्।

गठबन्धनले मुख्यमन्त्री नियुक्ति खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको छ। यतिमात्र होइन, उनीहरूले सभामुख मण्डलविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेर राजनीतिक दबाब अझै बढाएका छन्।

प्रतिकृया दिनुहोस्

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...