News Portal

सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

३२४ पटक

काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने भएका छन्।

तीन पक्षबीच ७ मंसिरमा बृहत् एकता घोषणा गर्ने सहमति भएको छ। नयाँ शक्तिका संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र सन्तोष परियारले सार्वजनिक सहमति पत्रमा हस्ताक्षर गर्दै एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउने निर्णय गरेका छन्।

सहमति पत्र अनुसार नयाँ एकीकृत पार्टीले देशभित्र र विदेशमा रहेका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी तथा देशभक्त शक्तिहरूलाई राजनीतिक पुनर्संरचनामा सहभागी हुन आह्वान गरेको छ। साथै, भ्रष्टाचार, अनैतिक प्रवृत्ति र अहंकारी कार्यलाई निर्वाचनमार्फत परास्त गर्न नयाँ तथा वैकल्पिक शक्ति र नवयुवालाई एकत्रित गराउन जोड दिएको छ।

यस कदमलाई जेनजी आन्दोलनको पृष्ठभूमिमा उठेको चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिमा अग्रगामी निकास र समग्र पुनर्संरचनाको लक्ष्यसाथ गरिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...