News Portal

  • प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    ४८ पटक

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण बुझाइसकेका छन् भने तीन जना मन्त्री अझै बाँकी छन्।

    प्रधानमन्त्री कार्कीले पहिलो चरणमा तीन मन्त्री नियुक्त गरेकी थिइन् — गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा मन्त्री कुलमान घिसिङ। यसमध्ये अर्याल र खनालले विवरण बुझाइसकेका छन्, तर घिसिङले अझै बुझाउन बाँकी छ।

    दोस्रो चरणमा चार मन्त्री नियुक्त भएका थिए — अनिलकुमार सिन्हा, मदनप्रसाद परियार, महावीर पुन र जगदीश खरेल। यीमध्ये सञ्चारमन्त्री खरेलले विवरण बुझाउन बाँकी छ।

    तेस्रो चरणमा स्वास्थ्य मन्त्री सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता नियुक्त भएका थिए। खेलकुद मन्त्री गुप्ताले विवरण बुझाइसकेका छन् भने स्वास्थ्यमन्त्री सुधाले बाँकी छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालले सबै मन्त्रीको विवरण प्राप्त भएपछि सार्वजनिक गरिने प्रक्रिया अघि बढ्ने बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

    https://youtu.be/G3NSjBH5K6o

     

    प्रतिकृया दिनुहोस्

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...

    ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

    काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष...