News Portal

गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

२८७ पटक

काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न दिनु आफ्नो जीवनको सबैभन्दा ठूलो राजनीतिक गल्ती भएको बताएका छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले आफूले सभापतिमा उम्मेदवारी नदिई महामन्त्रीमा लड्ने निर्णय नै गलत भएको स्वीकार गरे। उनले भने, “२०६८ सालदेखि नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने कुरा गर्दै आएको हुँ, तर १४औँ महाधिवेशनमा पुरानै नेतामाथि भर पर्नु अहिले आएर ठुलो भूल साबित भयो।”

थापाले पार्टीभित्र वरिष्ठ नेताहरूको प्रभाव कम गर्न नसकिएको र स्थानीय तहका गलत निर्णयका कारण कांग्रेसले ठूलो मूल्य चुकाउनुपरेको बताए। उनका अनुसार, उनले सभापतिलाई पहिले नै सचेत गराए पनि सुझाव बेवास्ता गरिएको थियो।

संघ र प्रदेश निर्वाचनमा बनेको पाँचदलीय गठबन्धनबारे पनि उनले असन्तुष्टि जनाए। “त्यसबेला मैले माओवादी केन्द्रसँग गठबन्धन गर्नु हुँदैन भनेको थिएँ। एमालेसँग सहकार्य गर्नुपर्ने पक्षमा थिएँ, तर बाहिर बोल्न नखुल्नु अर्को गल्ती रह्यो,” उनले भने।

थापाले अब कांग्रेसले पुरानो सोच र नेतृत्त्वको छायाबाट मुक्त भई नयाँ पुस्ता र ऊर्जाशील नेतृत्वमार्फत रूपान्तरणको बाटो लिनुपर्नेमा जोड दिए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...