News Portal

  • रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    ४० पटक

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। रंगेली नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा औषधि व्यवसाय गर्ने व्यक्तिहरूले चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधि बिक्री वितरण गर्नुपर्नेमा जोड दिएका छन्।

    संघले बुधबार आयोजना गरेको कार्यक्रममा सहभागीहरूले चिकित्सकको प्रेसक्रिप्सन विना लागु तथा मनोद्दीपक औषधि बिक्री वितरण हुँदा यसको दुरुपयोग बढ्दै गएको र त्यसले समाजका युवाहरू कुलतमा फस्ने सम्भावना बढाएको बताए।

    कार्यक्रममा संघका अध्यक्ष देशबन्धु ढकालले औषधि ऐनको दफा ११ अन्तर्गतको नयाँ व्यवस्थाअनुसार म्याद सकिनुअगावै नवीकरण गर्नुपर्ने नियमका कारण व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको बताए। उक्त व्यवस्था संशोधनका लागि सरकारले ध्यान नदिए आन्दोलनमा जाने निर्णय गरिएको उनले जानकारी दिए। उनका अनुसार पहिलो चरणको आन्दोलन मंसिरको पहिलो साताबाट सुरु गरिनेछ।

    यस्तै, सीमा क्षेत्रमा बढ्दो लागुऔषध ओसारपसारका कारण औषधि व्यवसायको बदनाम भइरहेको भन्दै बैठकले राज्य संयन्त्रलाई कडाइका साथ नियन्त्रण गर्न आग्रह गरेको छ।

    कार्यक्रममा रंगेली नगरपालिकाका नगरप्रमुख दिलीप बगडीयाले औषधि व्यवसायीले कानुन विपरीत काम गर्न नहुने बताउँदै, कानुन उल्लङ्घन गर्ने जो–कोही पनि दण्डको भागीदार बन्नुपर्ने चेतावनी दिएका छन्।

    बैठकमा औषधि व्यवसायी संघ केन्द्रीय समितिका प्रदीप दास, कोशी प्रदेश कोषाध्यक्ष प्रभात श्रेष्ठ, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र बोगटी, रंगेलीका व्यवसायी नरेश मण्डल, शिशुपाल यादव, रुपेश मण्डल, अर्विन मण्डल लगायतको उपस्थिति थियो।

    कार्यक्रममा आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत प्रेमप्रसाद मण्डलले अभिमुखीकरण सत्र सञ्चालन गरेका थिए। कार्यक्रममा रतुवामाई, सुनवर्षी, रंगेली, धनपालथान, जहदा र कटहरीका औषधि व्यवसायीहरूको समेत सहभागिता रहेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...