News Portal

रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२९७ पटक

रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। रंगेली नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा औषधि व्यवसाय गर्ने व्यक्तिहरूले चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधि बिक्री वितरण गर्नुपर्नेमा जोड दिएका छन्।

संघले बुधबार आयोजना गरेको कार्यक्रममा सहभागीहरूले चिकित्सकको प्रेसक्रिप्सन विना लागु तथा मनोद्दीपक औषधि बिक्री वितरण हुँदा यसको दुरुपयोग बढ्दै गएको र त्यसले समाजका युवाहरू कुलतमा फस्ने सम्भावना बढाएको बताए।

कार्यक्रममा संघका अध्यक्ष देशबन्धु ढकालले औषधि ऐनको दफा ११ अन्तर्गतको नयाँ व्यवस्थाअनुसार म्याद सकिनुअगावै नवीकरण गर्नुपर्ने नियमका कारण व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको बताए। उक्त व्यवस्था संशोधनका लागि सरकारले ध्यान नदिए आन्दोलनमा जाने निर्णय गरिएको उनले जानकारी दिए। उनका अनुसार पहिलो चरणको आन्दोलन मंसिरको पहिलो साताबाट सुरु गरिनेछ।

यस्तै, सीमा क्षेत्रमा बढ्दो लागुऔषध ओसारपसारका कारण औषधि व्यवसायको बदनाम भइरहेको भन्दै बैठकले राज्य संयन्त्रलाई कडाइका साथ नियन्त्रण गर्न आग्रह गरेको छ।

कार्यक्रममा रंगेली नगरपालिकाका नगरप्रमुख दिलीप बगडीयाले औषधि व्यवसायीले कानुन विपरीत काम गर्न नहुने बताउँदै, कानुन उल्लङ्घन गर्ने जो–कोही पनि दण्डको भागीदार बन्नुपर्ने चेतावनी दिएका छन्।

बैठकमा औषधि व्यवसायी संघ केन्द्रीय समितिका प्रदीप दास, कोशी प्रदेश कोषाध्यक्ष प्रभात श्रेष्ठ, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र बोगटी, रंगेलीका व्यवसायी नरेश मण्डल, शिशुपाल यादव, रुपेश मण्डल, अर्विन मण्डल लगायतको उपस्थिति थियो।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत प्रेमप्रसाद मण्डलले अभिमुखीकरण सत्र सञ्चालन गरेका थिए। कार्यक्रममा रतुवामाई, सुनवर्षी, रंगेली, धनपालथान, जहदा र कटहरीका औषधि व्यवसायीहरूको समेत सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...