News Portal

  • सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    ४९ पटक

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि गृह मन्त्रालयमा वार्ता सुरु गरेको छ।

    वार्तामा प्रसाईं स्वयं उपस्थित छैनन्। उनको तर्फबाट माधव प्रसाद खतिवडाको नेतृत्वमा देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी र मकबुल साह लगायतको टोली सहभागी भएको छ।

    खतिवडाले गृहमन्त्री ओम प्रकाश अर्याललाई समूहका मागहरू समावेश गरिएको पत्र बुझाएका छन्। सोही विषयमा अहिले छलफल चलिरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्।

    वार्ताको समन्वय अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले गरिरहेका छन्।

    सरकारले गत १८ कात्तिकमा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानलाई वार्तामा बोलाएको थियो। तर मन्त्रीस्तरीय छलफलमा प्रसाईंले आफ्ना प्रतिनिधिहरू पठाएका हुन्। खतिवडाले वार्ता अघि भनेका थिए, “प्रधानमन्त्रीस्तरको वार्तामा दुर्गा दाइ सहभागी हुनुहुन्छ, मन्त्रीस्तरको छलफल हामीले अघि बढाएका हौं।”

    प्रसाईंले ७ मंसिरदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। यसअघि गत चैत १५ मा पनि उनको समूहले तीनकुनेमा प्रदर्शन गर्दा हिंसात्मक घटना, तोडफोड र आगजनी भएका थिए।

    यस पटकको आन्दोलनका लागि प्रसाईंले नेपाली कांग्रेस (बीपी) सँग सहकार्य गरेका छन्। कात्तिक २३ गते सुकुमवासी बस्तीमा आयोजित कार्यक्रममा उनले आन्दोलनका लागि उक्साउने अभिव्यक्ति दिएका थिए।

    सुरक्षा निकायले सम्भावित हिंसात्मक घटनालाई मध्यनजर गर्दै प्रसाईं र उनको समूहमाथि निगरानी कडा पारेको जनाएको छ। हालै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूले पनि प्रसाईं गतिविधिबारे समन्वय बैठक गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...