News Portal

फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

५३८ पटक

काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान। रामेछापको विकट गाउँ फूलासीमा जन्मेकी उनी अहिले केवल प्रतिस्पर्धी मात्र होइन, महिला नेतृत्व र उद्यमशीलताको प्रेरणादायी उदाहरणका रूपमा चिनिँदै गएकी छन्।

शिक्षाले नर्स भए पनि चौहान ३० वर्षको उमेरमै पारिवारिक व्यवसाय भवानी ग्रुप की नेतृत्वकर्ताका रूपमा स्थापित व्यवसायी हुन्। उनका अनुसार संस्थाले हाल तीन हजारभन्दा बढी युवालाई रोजगारी प्रदान गरेको छ। घरेलु उद्योग विस्तार र रोजगारी सिर्जनामा दिँदै आएको योगदानका कारण उनी युवा महिला उद्यमीको प्रतिनिधिको रूपमा उदाएकी छन्।

प्रतियोगितामा सहभागी हुने अनुभवबारे चौहानले भनिन्, “मिसेस नेपाल वर्ल्ड मेरो लागि केवल सौन्दर्य प्रतियोगिता होइन, आत्मपहिचान र सिकाइको यात्रा हो। हार–जित प्रतिस्पर्धाको सामान्य प्रक्रिया हो, तर यसले दिएको दृष्टिकोण र अनुभवले मलाई अझ सक्षम बनाएको छ।”

उनी परिवार, व्यवसाय र सामाजिक संलग्नता बीच सन्तुलन राख्दै महिलाको भूमिका घर–परिवारमा मात्र सीमित नहुने सन्देश दिइरहेकी छन्। चौहानका अनुसार प्रतियोगितामा सहभागी हुन श्रीमान भवानी ओझा र परिवारको प्रोत्साहन नै सबैभन्दा ठूलो आधार बनेको हो।

मिसेस नेपाल वर्ल्ड २०२५ को ग्रान्ड फिनाले कात्तिक २९ गते काठमाडौँको महेन्द्र पुलिस क्लबमा आयोजना हुँदैछ। फाइनल चरणमा पुगेकी चौहान हाल अन्तिम तयारीमा व्यस्त छिन्।

विशेषज्ञहरूका अनुसार चौहान जस्ता युवा प्रतिभाहरूले नेपाली समाजमा महिला नेतृत्व, उद्यमशीलता र सामाजिक उत्तरदायित्वका विषयलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउन मद्दत गरिरहेका छन्। ग्रामीण परिवेशमा जन्मिएर व्यवसायिक र सामाजिक क्षेत्रमा सक्रिय बन्ने चौहानको यात्रा धेरै महिला र युवाका लागि प्रेरणास्रोत बनेको छ।

फूलासीको साधारण जीवनबाट सुरु भएको बिध्या चौहानको यात्राले अहिले राष्ट्रिय स्तरको प्रतिस्पर्धासम्मको सफलता हासिल गरेको छ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...