News Portal

धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

३६३ पटक

रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि बसोबास गर्दै आएका सुर्जलाल कामत र उनकी पत्नी अमला देवी कामत अहिले आफ्नो छोराको उपचारका लागि गाउँघरमा आर्थिक सहयोग मागिरहेका छन्।

कार्तिक १ गते खेल्ने क्रममा उनका ८ वर्षका छोरा कृष्ण कामतको दाहिने आँखामा चोट लागेपछि उनलाई बिराटनगरस्थित रामलाल गोलेश्वर आँखा अस्पतालमा उपचारका लागि लगियो। उपचारका क्रममा डाक्टरले कृष्णको आँखामा रहेका नसामा समस्या रहेको र अब उनको दृष्टि गुम्ने सम्भावना रहेको बताएका थिए। डाक्टरले नयाँ आँखा प्रत्यारोपण गर्न सकिने बताए, तर यसको खर्च ३ देखि ४ लाख रुपैयाँसम्म लाग्ने जनाएका छन्।

सन्‍सारमा अत्यन्त विपन्न परिवारमा पर्छन् सुर्जलाल र उनका परिवार। उनीहरु एक कठ्ठा अलानी जग्गामा बसोबास गर्दै आएका छन्। परिवारमा आमा, दुई छोरी र छोरा गरी ६ जना सदस्य छन्।

अहिलेसम्म उनीहरूले गाउँघरमा १०–२० रुपैयाँ सहयोग मागेर ४ हजार रुपैयाँ संकलन गरेका छन्। बिहान ८ बजेदेखि साँझसम्म गाउँमा सहयोग माग्दा ५०० देखि १,००० रुपैयाँसम्म चन्दा उठाउने गरेका छन्। तर, कहिलेकाहीँ गाउँमा मानिसहरूले सहयोग गर्न आनाकानी गर्ने र गाली गर्ने पनि गरेका छन्।

दैनिक ज्याला मजदुरी गरेर परिवारको पालनपोषण गर्दै आएका सुर्जलाललाई अहिले छोराको उपचारका लागि आर्थिक सहयोग आवश्यक छ। त्यसैले, देश–विदेशमा रहेका नेपाली सहयोगीहरूलाई कृष्णको आँखाको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...