News Portal

उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

१६७ पटक

काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल” रहने भएको छ। आइतबार राति बसेको बैठकले यही नाम लिएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

पार्टी दर्ताका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक तोकिएको छ। उहाँको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिने तयारी भइरहेको छ। प्रारम्भिक चरणमा भने कुनै पदाधिकारी तोक्ने निर्णय गरिएको छैन।

पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ नै रहने सहमति भएको छ। दर्ता प्रक्रियाका लागि आवश्यक माइन्यूट र हस्ताक्षर संकलनको काम तीव्र रूपमा भइरहेको र आजभित्र दर्ता सम्पन्न गर्ने प्रयास भइरहेको संयोजक उपाध्याय नजिकका स्रोतले जनाएका छन्।

यसअघि पार्टीको नाम “नेपाल जनसेवा पार्टी” राख्ने प्रस्ताव भए पनि अन्ततः बैठकले “उज्यालो नेपाल” नामलाई नै आधिकारिक बनाउने निर्णय गरेको हो। अहिले केन्द्रीय कमिटीका सदस्यहरूको नाम अन्तिम टुंगो लगाउने छलफल जारी रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...