News Portal

पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

२५४ पटक

पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६० प्रतिशत पूरा भएको छ। नेपाल विद्युत् प्राधिकरणले पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण कार्यक्रमअन्तर्गत तार भूमिगत गर्ने कामलाई तीव्रता दिँदै आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ।

यो काम भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले दुई अर्ब ५० करोड ३३ लाख रुपैयाँमा ठेक्का पाएको हो। सुरुमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण प्रगति कम देखिएको भए पनि पछिल्लो समय काममा गति आएको छ। हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म तार भूमिगत गरी घरघरमा बिजुली वितरणको काम सकाइसकिएको छ। अहिले सिर्जनाचोक, लेकसाइड, सभागृह चोक, न्यूरोड र चिप्लेढुंगा क्षेत्रमा काम भइरहेको छ।

आयोजनामा मुख्य सडक र सहायक सडकसम्म तार बिछ्याइँदैछ, साथै टेलिफोन, केबल र इन्टरनेटका लागि अप्टिकल फाइबर पनि बिच्छ्याइनेछ। ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि प्रयोग गरी सडकमा न्यून क्षति पुर्‍याउँदै तार भूमिगत गरिएको छ।

विद्युत् लाइन जमिनमुनि बिछ्याएपछि पोखरामा अव्यवस्थित तार र पोल हट्नेछ, सहरी सौन्दर्य बढ्नेछ र ग्राहकलाई भरपर्दो बिजुली आपूर्ति हुने विश्वास प्राधिकरणले लिएको छ। यसैगरी काठमाडौँ र भरतपुरमा पनि यस्ता भूमिगत तार परियोजना सञ्चालन हुँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...