News Portal

पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

१२० पटक

पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६० प्रतिशत पूरा भएको छ। नेपाल विद्युत् प्राधिकरणले पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण कार्यक्रमअन्तर्गत तार भूमिगत गर्ने कामलाई तीव्रता दिँदै आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ।

यो काम भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले दुई अर्ब ५० करोड ३३ लाख रुपैयाँमा ठेक्का पाएको हो। सुरुमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण प्रगति कम देखिएको भए पनि पछिल्लो समय काममा गति आएको छ। हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म तार भूमिगत गरी घरघरमा बिजुली वितरणको काम सकाइसकिएको छ। अहिले सिर्जनाचोक, लेकसाइड, सभागृह चोक, न्यूरोड र चिप्लेढुंगा क्षेत्रमा काम भइरहेको छ।

आयोजनामा मुख्य सडक र सहायक सडकसम्म तार बिछ्याइँदैछ, साथै टेलिफोन, केबल र इन्टरनेटका लागि अप्टिकल फाइबर पनि बिच्छ्याइनेछ। ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि प्रयोग गरी सडकमा न्यून क्षति पुर्‍याउँदै तार भूमिगत गरिएको छ।

विद्युत् लाइन जमिनमुनि बिछ्याएपछि पोखरामा अव्यवस्थित तार र पोल हट्नेछ, सहरी सौन्दर्य बढ्नेछ र ग्राहकलाई भरपर्दो बिजुली आपूर्ति हुने विश्वास प्राधिकरणले लिएको छ। यसैगरी काठमाडौँ र भरतपुरमा पनि यस्ता भूमिगत तार परियोजना सञ्चालन हुँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...