News Portal

काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

२३१ पटक

काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न रोक लगाएको छ। महानगरको वातावरण व्यवस्थापन विभागले चेतावनी दिँदै उल्लङ्घन गर्नेलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ जरिवाना हुने जनाएको छ।

जाडो मौसम सुरु भएसँगै फोहोर खुला ठाउँमा फाल्ने क्रम बढेको र यसले वायु प्रदूषणमा वृद्धि गर्न सक्ने भएकाले यस्तो कदम चालिएको विभागले जनाएको छ। विभाग प्रमुख सरिता राईका अनुसार, यस निर्णयले जनस्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असर कम गर्ने उद्देश्य राखिएको हो।

महानगरले जनाएको छ कि वायु प्रदूषण बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी, मुटु रोगी र दीर्घ रोगीहरूमा बढी असर पुर्‍याउँछ। नियमको उल्लङ्घन गर्नेहरूलाई काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०८२ अनुसार कारबाही गरिने छ।

प्रतिकृया दिनुहोस्

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...