News Portal

प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

१९५ पटक

रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण कोठामा बस्न बाध्य छन्। बजारको मुख्य भागमा रहेको यो कार्यालय विगत ३४ वर्षदेखि क्षेत्रका जनताको जिउधनको सुरक्षा र शान्तिका लागि अहोरात्र खटिरहेको छ।

जनताको सुरक्षाका लागि खटिएका प्रहरीहरू आफैं अहिले सटरभित्र रहेको असुविधाजनक कोठामा बस्न बाध्य छन्। पुरानो भवन बेकामे भएपछि प्रदेश सरकारले पहिलो किस्ताको रुपमा ५१ लाखको लागतमा नयाँ भवन निर्माण कार्य सुरु गरेको थियो, तर हाल भवनको जगमात्र तयार गरेर छोडिएको छ।

हाल प्रदेश सरकारले ईलाका प्रहरी कार्यालय दोहमना, प्रहरी चौकी अमरदह र बल्डुङ्गा प्रहरी चौकीको नयाँ भवन निर्माण कार्य सुरु गरेको भए पनि जग मात्र तयार पारिएको र कार्य अब बेवारिसे अवस्थामा छ।

दोहमना प्रहरीले बनकोल, फर्सिडागी, बेलचोक, दर्वेशा, बटरवारी लगायतका स्थानमा शान्ति सुरक्षा व्यवस्था गर्दै आएको छ। विगतमा २३ जनाको दरबन्दी रहेको भए पनि अहिले कार्यलयमा ७ जना मात्र शान्ति सुरक्षा प्रदान गर्दैछन्।

पुरानो एकतले पक्की भवनको छत वर्षौंदेखि चर्किएपछि सरकारले नयाँ निर्माण सुरु गरेको थियो, तर पुनः उक्त भवनमा थप बजेट नपठाउँदा निर्माण कार्य बन्द भएको छ। सम्बन्धित निकायले समयमा ध्यान दिएर प्रहरीहरुको बसोबासका लागि भवन निर्माण चाँडै सुरु गर्न आवश्यक देखिन्छ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...