News Portal

चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

३७५ पटक

चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन दिन चल्ने उक्त बैठकमा केन्द्रीय समिति, विभाग, प्रदेश सचिवालय, जिल्ला र पालिका अध्यक्षसहित करिब ५१२ जना प्रतिनिधि सहभागी हुनेछन्।

बैठकको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले बैठक राजनीतिक, सांगठनिक र आगामी निर्वाचन केन्द्रित हुने बताए। उनले भने, “यो राजनीतिक संक्रमणपछि हुने सबैभन्दा महत्वपूर्ण बैठक हो, जहाँ संगठन र निर्वाचन रणनीतिबारे गहिरो छलफल हुनेछ।”

झाका अनुसार बैठकमा नेतृत्व परिवर्तन औपचारिक एजेन्डा नभए पनि सहभागी प्रतिनिधिहरूले स्वतन्त्र रूपमा त्यसबारे आफ्नो धारणा राख्न पाउने छन्। उनले पार्टीको महाधिवेशन मिति परिवर्तनबारेको निर्णय पनि यही बैठकले गर्ने बताए।

पत्रकारहरूसँग कुरा गर्दै झाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी नेता जनार्दन शर्माले रास्वपाको नेतृत्व लिने इच्छा देखाएको खुलासा गरे। “राजनीतिक व्यक्तिले नेतृत्व लिन चाहनु स्वाभाविक हो,” उनले भने, “तर अरूलाई नेता मान्न नसक्ने व्यक्ति आफैं नेता बन्न सक्दैन।”

झाले थपे, भट्टराई र शर्मासँगको भेटमा आगामी निर्वाचनमा सहकार्य, राजनीतिक गठबन्धन र पारस्परिक समर्थनका विभिन्न विकल्पमा छलफल भएको तर निष्कर्षमा पुग्न बाँकी रहेको छ। उनका अनुसार विस्तारित बैठकमा यी विषयमा समेत छलफल भई बैठकपछि पुनः कुराकानी अघि बढाइनेछ।

“देशभरबाट आएका प्रतिनिधिहरूको मनोभावना बुझेर, उनीहरूको म्यान्डेटका आधारमा पार्टीले आगामी रणनीति तय गर्नेछ,” उनले भने। “बैठकमा अनौपचारिक एजेन्डा पनि छन्, जसमा निर्वाचनका लागि सम्भावित गठबन्धनबारे गहिरो छलफल हुनेछ।”

झाले अन्त्यमा भने, “रास्वपा लचिलो राजनीतिमा विश्वास गर्छ, तर संगठन भाँचिने गरी लचकता देखाउने पक्षमा छैन।”

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...