News Portal

चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

२१८ पटक

चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन दिन चल्ने उक्त बैठकमा केन्द्रीय समिति, विभाग, प्रदेश सचिवालय, जिल्ला र पालिका अध्यक्षसहित करिब ५१२ जना प्रतिनिधि सहभागी हुनेछन्।

बैठकको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले बैठक राजनीतिक, सांगठनिक र आगामी निर्वाचन केन्द्रित हुने बताए। उनले भने, “यो राजनीतिक संक्रमणपछि हुने सबैभन्दा महत्वपूर्ण बैठक हो, जहाँ संगठन र निर्वाचन रणनीतिबारे गहिरो छलफल हुनेछ।”

झाका अनुसार बैठकमा नेतृत्व परिवर्तन औपचारिक एजेन्डा नभए पनि सहभागी प्रतिनिधिहरूले स्वतन्त्र रूपमा त्यसबारे आफ्नो धारणा राख्न पाउने छन्। उनले पार्टीको महाधिवेशन मिति परिवर्तनबारेको निर्णय पनि यही बैठकले गर्ने बताए।

पत्रकारहरूसँग कुरा गर्दै झाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी नेता जनार्दन शर्माले रास्वपाको नेतृत्व लिने इच्छा देखाएको खुलासा गरे। “राजनीतिक व्यक्तिले नेतृत्व लिन चाहनु स्वाभाविक हो,” उनले भने, “तर अरूलाई नेता मान्न नसक्ने व्यक्ति आफैं नेता बन्न सक्दैन।”

झाले थपे, भट्टराई र शर्मासँगको भेटमा आगामी निर्वाचनमा सहकार्य, राजनीतिक गठबन्धन र पारस्परिक समर्थनका विभिन्न विकल्पमा छलफल भएको तर निष्कर्षमा पुग्न बाँकी रहेको छ। उनका अनुसार विस्तारित बैठकमा यी विषयमा समेत छलफल भई बैठकपछि पुनः कुराकानी अघि बढाइनेछ।

“देशभरबाट आएका प्रतिनिधिहरूको मनोभावना बुझेर, उनीहरूको म्यान्डेटका आधारमा पार्टीले आगामी रणनीति तय गर्नेछ,” उनले भने। “बैठकमा अनौपचारिक एजेन्डा पनि छन्, जसमा निर्वाचनका लागि सम्भावित गठबन्धनबारे गहिरो छलफल हुनेछ।”

झाले अन्त्यमा भने, “रास्वपा लचिलो राजनीतिमा विश्वास गर्छ, तर संगठन भाँचिने गरी लचकता देखाउने पक्षमा छैन।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...