News Portal

  • दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    १३१ पटक

    – कमला थापा/२०८२ कार्तिक २० गते।

    देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले, खरानी भए। सरकार बदलियो, नेता चुटिए, पूर्वप्रधानमन्त्री भागे, भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जल्यो, अब त नेताहरुको सद्बुद्धि पलाउन छ की भन्ने कार्यकर्ताहरुले सोचेका थिए तर त्यस्तो देखिएन। कार्यकर्ता र जनताको सोच भन्दा बिपरित भूराजनीतिले संचालन गरेका नेताहरुको आचरण देखिदै छ। जेएन्जी आन्दोलनको सोच भन्दा बिपरित आचरण राजनैतिक दलहरुमा देखिन थालेको छ। उहि भ्रष्ट आचरण, अहंकार, तुच्छ बोली, धम्क्याउने प्रबृत्तिमा कुनै परिवर्तन देखिदैन। यसबाट प्रष्ट बुझ्न सकिन्छ। राजनैतिक, दलका नेताहरु सुध्रिने हालतमा देखिएका छैनन्।

    “जनविश्वास गुमाएका नेताहरुको आफ्नो मौलिक पहिचान नै हरायो। जनताहरुले सोधिरहे दलहरु सच्चिने की ! सक्किने ? तर दलहरुमा चेतना आएन। बरु सक्किन तयार भएको, सच्चिने मार्गमा उभिएको देखिएन। त्यस्ता पार्टि भित्र पनि केही आसा र भरोसा गर्न सकिने केही नेताहरु छन्। तिनिहरू जनभावना बिपरित नजाउन भन्ने हो।”

    पार्टि भनेको एकल हैकम र निर्णयबाट चल्ने कुरा होइन। सबैको सह- अस्तित्व,सहकार्य, समझदारी र एकताबाट चल्ने कुरा हो। नेपालका पार्टिहरुमा त्यस्तो संस्कृतिको विकास हुनै सकेन। आन्तरिक लोकतन्त्र बलियो बनाउन नसकेका नेताहरु प्रति जनविश्वास कत्तिपनि देखिदैन। बहुदलदेखि ०६२/६३ को आन्दोलन ३५/३६ बर्षसम्म नेपाली जनताले भोग्नु परेको पिडा, राष्ट्रले गुमाउदै गएको अस्तित्व, स्वाभिमान दलहरुमा बढदै गएको गुट, फुट, उपगुट र झुठले बलियो जरा गाड्दै गयो। बाह्य हस्तक्षेप र उनैको पालनपोषण र भ्रष्टाचारले नेताहरु अमिबा जस्ता परजिवी हुदै गए। जनविश्वास गुमाएका नेताहरुको आफ्नो मौलिक पहिचान नै हरायो। जनताहरुले सोधिरहे दलहरु सच्चिने की ! सक्किने ? तर दलहरुमा चेतना आएन। बरु सक्किन तयार भएको, सच्चिने मार्गमा उभिएको देखिएन। त्यस्ता पार्टि भित्र पनि केही आसा र भरोसा गर्न सकिने केही नेताहरु छन्। तिनिहरू जनभावना बिपरित नजाउन भन्ने हो।

    “हिजो गुट, उपगुटमा जकडिएको कांग्रेस त्यसबाट मुक्त भएर गहिरो राष्ट्रिय एकताको सन्देश दिन्छ की भन्ने केही झिनो आसा अंकुराएको थियो। तर हिजोको भन्दापनि धेरै गुटमा परिवर्तन हुदै ब्यक्तिगत स्वार्थमै लिप्त हुदैगएको देख्नेहरु भन्छन्। कांग्रेस पनि भरोसा लायक भएन। एकले अर्कोलाई सिध्याउने विपी कोइरालाको मूल्य मान्यता र सिद्धान्तलाई तिलाञ्जली दिने मार्गमा उन्मुख हुदै गएको छ।”

    आफुलाई प्राजातन्त्रको हिमायति भन्ने नेपाली कांग्रेसमा त अबस्य पनि सुधारउन्मुख चरित्र देखाउला, गुट, उपगुटको अन्त होला, समझदारि, सहकार्य र एकताको बृद्धि विकास होला, विपी कोइरालाको अथक संघर्षबाट स्थापना भएको पार्टि ले अब त विपीको इतिहासको मर्यादा राख्लान् की भन्ने आसा गरेका थिए। हिजो गुट, उपगुटमा जकडिएको कांग्रेस त्यसबाट मुक्त भएर गहिरो राष्ट्रिय एकताको सन्देश दिन्छ की भन्ने केही झिनो आसा अंकुराएको थियो। तर हिजोको भन्दापनि धेरै गुटमा परिवर्तन हुदै ब्यक्तिगत स्वार्थमै लिप्त हुदैगएको देख्नेहरु भन्छन्। कांग्रेस पनि भरोसा लायक भएन। एकले अर्कोलाई सिध्याउने विपी कोइरालाको मूल्य मान्यता र सिद्धान्तलाई तिलाञ्जली दिने मार्गमा उन्मुख हुदै गएको छ।

    “विपी कोइरालाको ईतिहांस मेटाउने प्रयासमा बर्तमान नेतृत्वको वरिपरि रहेका गुट र वरिपरि घेरा दिएर बसेका स्वार्थि तत्वहरु सकृय छन्। त्यही गुट र ऐजुरुहरुले बरिष्ठ नेता शेखर कोइरालालाई कुनै हालतमा नेतृत्व नदिने घेराबन्दी गरिरहेको छ। कोइरालाको हातबाट बाहिर आईसकेको कांग्रेसलाई पुन कोइरालाको हातमा फर्किन दिनु हुदैन भन्ने कलुषित भावना बोकेका तत्वहरू शेखर कोइरालालाई रोक्न अनेक रोकावटका हतकण्डा अपनाई रहेका छन्। कोईरालाले यो कुरा बुझेका छैनन् भन्ने होईन तर देशै सिध्याउन पछि नपर्ने तत्वहरुलाई चिरेर अगाडि बढन जिल्लामा जति सजिलो होला केन्द्रमा त्यतिनै कठिन पनि छ।”

    लोकतन्त्रको दुहाई दिने कांग्रेस आफ्नै अधिवेशन गर्न डराएर नेतृत्व हडपेर बसिरहने प्रतिस्पर्धा स्वीकार्य नहुने चरित्र देखाई रहदा रुखमा अनगिन्ती ऐजुरु पलाईसकेको नेतृत्वले देखदै देखेन। ऐजुरु भनेको परजिवी झार हो, त्यस्ले रुखलाई फैलिनै दिंदैन। कांग्रेस आज त्यहि अबस्थामा छ। विपी कोइरालाको ईतिहांस मेटाउने प्रयासमा बर्तमान नेतृत्वको वरिपरि रहेका गुट र वरिपरि घेरा दिएर बसेका स्वार्थि तत्वहरु सकृय छन्। त्यही गुट र ऐजुरुहरुले बरिष्ठ नेता शेखर कोइरालालाई कुनै हालतमा नेतृत्व नदिने घेराबन्दी गरिरहेको छ। कोइरालाको हातबाट बाहिर आईसकेको कांग्रेसलाई पुन कोइरालाको हातमा फर्किन दिनु हुदैन भन्ने कलुषित भावना बोकेका तत्वहरू शेखर कोइरालालाई रोक्न अनेक रोकावटका हतकण्डा अपनाई रहेका छन्। कोईरालाले यो कुरा बुझेका छैनन् भन्ने होईन तर देशै सिध्याउन पछि नपर्ने तत्वहरुलाई चिरेर अगाडि बढन जिल्लामा जति सजिलो होला केन्द्रमा त्यतिनै कठिन पनि छ। जिल्लाका कार्यकर्ताहरुले बिषेश रुचाएका नेतामा शेखर कोइराला पर्छन्। केन्द्रमा नेतृत्वको वरिपरि बस्नेहरुलाई त्यो सैह्य भएको छैन। त्यसमा कोईरालाले आफ्नै वरिपरि पनि नियाल्न जरुरी छ।

    नेता शेखर कोइरालाले पार्टि दोश्रो कुरा हो। पहिला देशलाई निकाश दिन तत्परता देखाउन जरुरी छ।देशको परिस्थिति, जनभावना राष्ट्रले चाहेको सम्रक्षक को समेत जिम्मेवारी पुरा गर्ने हैसियतमा कोइरालाको भूमिका हुनुपर्छ भन्ने जनभावना र कार्यकर्ताहरुको अभिभावकत्व लिन सक्नुपर्छ। राजनैतिक दलहरुप्रति जनतामा उत्पन्न भएको घृणा मेटाउन कसैलाई पनि त्यति सजिलो छैन। अहिले केही हदसम्म नेता शेखर कोइरालाको तगबिसै नाम वदनाम भएको छैन भन्नेहरु भेटिन्छन्। यो लेखकको धारणा होइन आम जनमानसको हो। जनताको रोजाइमा ०४७ सालको संबिधान र संबैधानिक राजसंस्था बहुदलिय प्रजातन्त्र बिना अन्य कुनै बिकल्प रोजाइमा देखिदैन। जनताको त्यहि आस्थालाई साथ दिने हैसियतमा नेता शेखर कोइरालाको आगमनलाई कार्यकर्ता र जनता साथ दिन तयार भएको बुझिन्छ। अन्यथा अब राजनैतिक दलहरुले जति पार्टि एकता गरेपनि आफ्नो नाम परिवर्तन गरेर अब एक करोड कार्यकर्ता बनाउछु भनेपनि अब केही हुनेवाला छैन। राजसंस्थासंग मिलेर देश जोगाउन खोजनुको बिकल्प छैन। अन्यथा पछि पस्चात गर्ने समय धेरै ढिलो नहोला भन्न सकिन्न। रेल छुटेपछि छुट्यो छुट्यो डिब्बालाई पर्खेर काम छैन। कांग्रेसमा चेतना खुलोस कम्निस्टहरु आफ्नै आत्मरतिमा रमाउन कांग्रेसलाई केही फरक पर्दैन। कांग्रेसले मात्र विपी पथ हुदै “पृथ्वी पथमा” हिडन जरुरी छ। त्यसमा पनि शेखर कोइरालाले कोसैलाई पर्खिनु जरुरी छैन मात्र जनतालाई साथ दिए पुग्छ। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...

    युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

    काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट...