News Portal

रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

१०४ पटक

बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत तुलसीपुर बुटवलमा सुनुवाइ हुने भएको छ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा मुद्दा पेश हुने छ। आज तोकिएको साप्ताहिक पेसीअनुसार उनीहरूको मुद्दा एक नम्बर इजलासको तेस्रो क्रममा छ।

यसअघि कात्तिक १३ गतेका लागि तोकिएको सुनुवाइ जोशी पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो। त्यसअघि उच्च अदालत बुटवलका न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै मुद्दा एउटै प्रकृतिको भएकाले संयुक्त रूपमा सुनुवाइ गर्न आदेश दिएको थियो।

रविले आफ्नो भागको बिगो रकम बुझाई थुनाबाहिर रहँदै मुद्दा लड्न अनुमति मागेका छन्। अदालतले त्यससँगै जोशीको फाइल पनि माग गरेको हो। यसअघि अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्न आदेश दिइसकेको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो तोकिएको छ। लामिछानेले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गरेका छन्।

लामिछानेले आफू सहकारीको शेयर सदस्य, सञ्चालक वा ऋणी नभएको दाबी गर्दै मुद्दामा संलग्नता अस्वीकार गरेका छन्। जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेपछि उनले भदौ ९ गते उच्च अदालतमा पुनः निवेदन दर्ता गराएका थिए।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...