News Portal

रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

१४४ पटक

बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत तुलसीपुर बुटवलमा सुनुवाइ हुने भएको छ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा मुद्दा पेश हुने छ। आज तोकिएको साप्ताहिक पेसीअनुसार उनीहरूको मुद्दा एक नम्बर इजलासको तेस्रो क्रममा छ।

यसअघि कात्तिक १३ गतेका लागि तोकिएको सुनुवाइ जोशी पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो। त्यसअघि उच्च अदालत बुटवलका न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै मुद्दा एउटै प्रकृतिको भएकाले संयुक्त रूपमा सुनुवाइ गर्न आदेश दिएको थियो।

रविले आफ्नो भागको बिगो रकम बुझाई थुनाबाहिर रहँदै मुद्दा लड्न अनुमति मागेका छन्। अदालतले त्यससँगै जोशीको फाइल पनि माग गरेको हो। यसअघि अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्न आदेश दिइसकेको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो तोकिएको छ। लामिछानेले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गरेका छन्।

लामिछानेले आफू सहकारीको शेयर सदस्य, सञ्चालक वा ऋणी नभएको दाबी गर्दै मुद्दामा संलग्नता अस्वीकार गरेका छन्। जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेपछि उनले भदौ ९ गते उच्च अदालतमा पुनः निवेदन दर्ता गराएका थिए।

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...