
काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका छन्।
पार्टीको घोषणा सभामा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको यस्तो भनाइ सुन्दा आफूलाई “चसक्क” लागेको बताए। उनले भने, “प्रधानमन्त्रीले केही नेताहरूको अनुहार हेर्न मन छैन भन्ने कुरा सुन्दा अलि बिझ्यो। म आशा गर्छु त्यस्तो कुरा साँचो होइन।”
उनका अनुसार संविधान जोगाउने र सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफ्नो पार्टीले ठूलो भूमिका खेलेको भए पनि त्यसको कदर नभएको महसुस भएको छ। “हामीले स्थिरता र चुनावी वातावरण बनाउन योगदान दिएका थियौं, तर त्यो योगदानलाई बेवास्ता गरियो,” प्रचण्डको भनाइ थियो।
१४ कात्तिकमा सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले युवा पुस्ता पुराना नेताहरूको विकल्प खोज्दै गएको बताएकी थिइन्। सो टिप्पणीले राजनीतिक सहकार्यमा नकारात्मक प्रभाव पार्न सक्ने प्रचण्डको भनाइ छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
