News Portal

किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

१२३ पटक

काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै पदको अपेक्षा बिना नै एमालेमा फर्किन लागेको बताएका छन्। उनका अनुसार, यो नयाँ प्रवेश होइन, बरु आफूहरूले योगदान र जीवन अर्पण गरेको मूलघरमा फर्किने प्रक्रिया हो।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने, “हामी कसैसँग समायोजन वा एकता हुन होइन, बरु पसिना बगाएको एमालेमै फर्किन लागेका हौं।”

श्रेष्ठले अहिले एमालेसँग वार्ता र संवाद भइरहेको उल्लेख गर्दै भने, “हामीले कुनै शर्त राखेका छैनौं। मुलघरमा फर्किँदा पद होइन, हाँसेर स्वागत र सम्मानजनक व्यवहार पुग्छ।”

उनले एमाले नेतृत्वलाई निशर्तरूपमा फर्किने वातावरण बनाउन आग्रह गरे। उनका अनुसार, सहकार्य र आत्मीयताको वातावरण बनेमा आफूहरू सहजै मूलघर फर्किनेछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...