News Portal

नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

३३० पटक

काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको वाम एकता सम्बन्धी निर्णयप्रति हार्दिक स्वागत जनाएको छ। महासंघले आईतवबर  जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य र आगामी राजनीतिक दिशाप्रति पूर्ण समर्थन जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो गौरवशाली पार्टी नेकपा (एकीकृत समाजवादी) को तेस्रो पूर्ण बैठकले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त, वैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य, र नेपाली विशेषताको समाजवादी कार्यदिशा अंगाल्ने निर्णय गरेको छ। यस निर्णयप्रति हामी हार्दिक समर्थन र स्वागत गर्दछौं।”याविरुद्ध भ्रम फैलाउने प्रयास गरिरहेको भन्दै कोही पनि भ्रमित नहुन र पार्टीको आधिकारिक निर्णयको पक्षमा दृढ रहन आग्रह गरिएको छ।

विज्ञप्तिमा अन्त्यमा भनिएको छ, “नेपाल खेलकुद महासंघ समाजवादीको सिंगो कमिटी एकता प्रक्रियामा दृढ रूपमा उभिनेछ र समाजवादको यात्रालाई अझ सुदृढ बनाउने संकल्प व्यक्त गर्दछ।”

महासंघले नेकपा (माओवादी केन्द्र), विप्लव समूहबाट पुनर्गठित नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टीलगायत वाम घटकहरूबीच एकता प्रक्रियालाई ऐतिहासिक कदमका रूपमा स्वागत गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यो एकता प्रक्रियाले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सुदृढ बनाउने महत्वपूर्ण माइलस्टोन सावित हुनेछ।”

महासंघले आफ्ना सम्पूर्ण संरचना, मातहतका समिति र आवद्ध खेलकर्मी कमरेडहरूलाई पार्टीको निर्णयअनुसार एकता प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन पनि आह्वान गरेको छ। साथै कतिपय नेताहरूले एकता प्रकृया भाँड्ने ढंगले गलत प्रचार गरिरहेकाले कोही पनि भ्रमित नहुन र सिंगो पङ्क्तिलाई पार्टीले गरेको निर्णयको पक्षमा दृढतापूर्वक उभिन र एकता विरोधी गतिविधि नगर्न पनि हार्दिक आह्वान गरेकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...