News Portal

नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

३४३ पटक

काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच आन्तरिक मतभेद गहिरिँदै गएको छ। एकथरि नेताहरू नयाँ पार्टी दर्ता गर्ने तयारीमा छन् भने अर्को समूह एमालेमा फर्किने पक्षमा देखिएको छ।

शनिबार सुकेधारामा बसेको उक्त समूहको अनौपचारिक छलफलमा केही नेताले नयाँ पार्टी बनाएर वाम मोर्चाको रूपमा अघि बढ्ने धारणा राखे। उनीहरूले माओवादीको असन्तुष्ट समूह, विप्लव नेतृत्वको नेकपा र आहुति समूहसँग सहकार्य गर्ने योजना बनाएका छन्। तर, केही नेताहरूले नयाँ पार्टी बनाएर संगठन टिकाइराख्न कठिन भएको भन्दै एमालेमै फर्किनुपर्ने मत राखे।

बाराका सांसद किसान श्रेष्ठले नयाँ पार्टीले संगठन विस्तार गर्न नसकेको बताए। उनले भने, “अब पार्टीसार्टी बनाएर काम हुँदैन, जिल्ला कमिटी त नाममा मात्रै छ, पैसा छैन, कार्यालय पनि बन्द छ।” मकवानपुरका नेता राजाराम स्याङ्ताङले पनि एमालेसँग पुनः सहकार्य गर्नुपर्ने बताए।

घनश्याम भुसाल पक्षका केही नेताहरूले भने झलनाथ खनाल एमालेमा फर्किए पनि आफूहरू भुसालको नेतृत्वमा नयाँ पार्टी बनाउने तयारीमा रहेको बताएका छन्।

यो विवादबीच पार्टी बनाउने पक्षले आज दिउँसो सचिवालय बैठक बोलाएको छ, भने एमालेमा फर्किन चाहने नेताहरू व्यक्तिगत रूपमा संवादमा जुटिरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...