News Portal

नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

५२६ पटक

काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच आन्तरिक मतभेद गहिरिँदै गएको छ। एकथरि नेताहरू नयाँ पार्टी दर्ता गर्ने तयारीमा छन् भने अर्को समूह एमालेमा फर्किने पक्षमा देखिएको छ।

शनिबार सुकेधारामा बसेको उक्त समूहको अनौपचारिक छलफलमा केही नेताले नयाँ पार्टी बनाएर वाम मोर्चाको रूपमा अघि बढ्ने धारणा राखे। उनीहरूले माओवादीको असन्तुष्ट समूह, विप्लव नेतृत्वको नेकपा र आहुति समूहसँग सहकार्य गर्ने योजना बनाएका छन्। तर, केही नेताहरूले नयाँ पार्टी बनाएर संगठन टिकाइराख्न कठिन भएको भन्दै एमालेमै फर्किनुपर्ने मत राखे।

बाराका सांसद किसान श्रेष्ठले नयाँ पार्टीले संगठन विस्तार गर्न नसकेको बताए। उनले भने, “अब पार्टीसार्टी बनाएर काम हुँदैन, जिल्ला कमिटी त नाममा मात्रै छ, पैसा छैन, कार्यालय पनि बन्द छ।” मकवानपुरका नेता राजाराम स्याङ्ताङले पनि एमालेसँग पुनः सहकार्य गर्नुपर्ने बताए।

घनश्याम भुसाल पक्षका केही नेताहरूले भने झलनाथ खनाल एमालेमा फर्किए पनि आफूहरू भुसालको नेतृत्वमा नयाँ पार्टी बनाउने तयारीमा रहेको बताएका छन्।

यो विवादबीच पार्टी बनाउने पक्षले आज दिउँसो सचिवालय बैठक बोलाएको छ, भने एमालेमा फर्किन चाहने नेताहरू व्यक्तिगत रूपमा संवादमा जुटिरहेका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...