News Portal

थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

२४७ पटक

काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ।

गुठी संस्थानको जग्गा अतिक्रमण गरी सम्पदा क्षेत्रभित्र बनाइएका टहरा र भवन खाली गर्न चेतावनी दिइए पनि अटेरी गरेपछि शुक्रबार महानगरको नगर प्रहरी टोलीले डोजर चलाएर हटाएको हो।

गुठी संस्थानले आफ्नै जग्गा कब्जा भएको भन्दै सहयोग मागेपछि महानगरले संयुक्त रूपमा कारबाही गरेको हो। कारबाहीका क्रममा टहरामा बस्दै आएका व्यक्तिहरूलाई बाहिर निकालेर अस्थायी संरचना समेत हटाइएको छ।

महानगरले बिहीबार सार्वजनिक सूचना जारी गर्दै मापदण्ड विपरीत बनेका तथा सार्वजनिक जग्गा मिचेका संरचना सात दिनभित्र आफैं हटाउन निर्देशन दिएको थियो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक सम्पत्ति र जग्गाको संरक्षण स्थानीय तहको जिम्मेवारी हुने उल्लेख महानगरले गरेको छ।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...