
काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ।
गुठी संस्थानको जग्गा अतिक्रमण गरी सम्पदा क्षेत्रभित्र बनाइएका टहरा र भवन खाली गर्न चेतावनी दिइए पनि अटेरी गरेपछि शुक्रबार महानगरको नगर प्रहरी टोलीले डोजर चलाएर हटाएको हो।
गुठी संस्थानले आफ्नै जग्गा कब्जा भएको भन्दै सहयोग मागेपछि महानगरले संयुक्त रूपमा कारबाही गरेको हो। कारबाहीका क्रममा टहरामा बस्दै आएका व्यक्तिहरूलाई बाहिर निकालेर अस्थायी संरचना समेत हटाइएको छ।
महानगरले बिहीबार सार्वजनिक सूचना जारी गर्दै मापदण्ड विपरीत बनेका तथा सार्वजनिक जग्गा मिचेका संरचना सात दिनभित्र आफैं हटाउन निर्देशन दिएको थियो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक सम्पत्ति र जग्गाको संरक्षण स्थानीय तहको जिम्मेवारी हुने उल्लेख महानगरले गरेको छ।

कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

