
रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको अवसर पारेर प्रत्येक वर्ष संस्थाले साधारण सभा गर्दै आएको छ। २०३७ सालमा स्थापना भएको उक्त गौशालाले ५२ बिगाहा भूमिको संरक्षण गर्दै गोसेवा स्थापना गरेको थियो।
स्थापनाकालदेखि नै गौशालामा योगदान गरेका व्यक्तिहरुलाई साधारण सभाबाट सम्मान पनि गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि मेयर दिलिप बगडिया हुनुहुन्थ्यो भने विशिष्ट अतिथि उपमेयर धुमा पराजुली, सलाहाकार मदन बगडिया, सहदेव राजगढ़िया, मंगलचंद बगडिया, वडा अध्यक्ष रामचन्द्र मण्डल, भरत प्रसाईं, समाजसेवी मचिन्द्र कटुवाल, सुरेश मिश्र, सन्तोष साह, राजेश बगडिया, राजेश शर्मा तथा विभिन्न वडाका अध्यक्षहरू उपस्थित थिए।
गोपाष्टमीको अवसरमा संस्थाले गाई पूजन, हवन र महाप्रसादको समेत व्यवस्था गरेको थियो। गौशालाले साढे चार बिगाहा जमिनमा २०० वटा गाई पालनपोषण गर्दै आएको छ र गाईको सेवा पनि प्रदान गर्दै आएको छ, संस्थाका उपाध्यक्ष राजेश गोल्यानले जानकारी दिनुभयो।

कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
