News Portal

न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्थामाथि षड्यन्त्र : शंकर पोखरेल

१७२ पटक

दाङ, कार्तिक १३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई नेपालको कानुनी प्रणाली अस्थिर पार्ने षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्।

प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले न्यायालयमाथि गरिएको आक्रमण सामान्य घटना नभएको र यसले मुलुकको कानुनी व्यवस्था कमजोर पार्ने प्रयास झल्काउने बताए। उनले भने, “जेन-जी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका छैन, यो कानुनी प्रणालीमाथिको योजनाबद्ध आक्रमण हो।”

महासचिव पोखरेलका अनुसार, जेन-जी आन्दोलनका मागहरू उचित भए पनि त्यसमा राष्ट्रविरोधी र स्वार्थी तत्वहरूले घुसपैठ गरेको छ। उनले हालको सरकार गैर सरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय संस्था (आईएनजीओ)को प्रभावमा रहेको आरोप लगाए।

पोखरेलले भने, “संविधानले एनजीओ वा आईएनजीओलाई आन्दोलनका स्टेक होल्डर बन्ने अधिकार दिएको छैन, तर अहिले सरकारले तिनै संस्थालाई आन्दोलनमा संलग्न गराएको छ।”

उनले आन्दोलनका नाममा प्रहरीका हतियार लुटिने र कैदीहरू बाहिर रहने घटनाले देशमा असुरक्षा बढाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसले त्रास फैलाउने चेतावनी पनि दिए।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...