News Portal

रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

२१६ पटक

रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि रतुवामाई–३ का सबैभन्दा ज्येष्ठ नागरिक ९६ वर्षीय परशुराम यादव रहे। विशिष्ट अतिथि समाजसेवी बलबहादुर बस्नेत थिए भने अन्य अतिथिहरूमा बैजनाथ शर्मा, आरती हर्बल प्रालिका सञ्चालक लिला कृष्ण भुर्तेल, लवकुमार सिंह, रमेश घिमिरे, रमेश सिंह लगायत स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगरभित्रका आठ वटा विद्यालयका विद्यार्थीहरूले विभिन्न गीतहरूमा सांस्कृतिक नृत्य प्रस्तुति दिएका थिए। प्रतियोगिताका निर्णायक ओमप्रकाश बस्नेत, सागर साह, दिलिप घिमिरे, मुफेन्द्र ताजपुरिया र युवराज ताजपुरियाले प्रस्तुतिहरू मूल्यांकन गरी विजेताहरू छनोट गरेका थिए।

प्रतियोगितामा प्रथम स्थान राष्ट्रनिर्माण इङ्ग्लिश बोर्डिङ स्कुल, द्वितीय डाम्राभिटा इङ्ग्लिश बोर्डिङ स्कुल, तृतीय अन्नपूर्ण इङ्ग्लिश बोर्डिङ स्कुल, र सान्त्वना स्टार मोडेल इङ्ग्लिश बोर्डिङ स्कुल रहे। साथै स्थानीय कलाकारहरूले पनि आकर्षक प्रस्तुति दिएका थिए।

विजेता तथा उपविजेताहरूलाई प्रमुख तथा विशिष्ट अतिथिहरूले शिल्ड र प्रमाणपत्र वितरण गरे। कार्यक्रममा अतिथिहरूले विद्यार्थीहरूलाई आगामी दिनहरूमा अझ उत्कृष्ट हुनका लागि निरन्तर परिश्रम र सहभागिता जनाउन प्रेरणा दिएका थिए।

यो कार्यक्रम Rana GenZ Ratuwamai–3 द्वारा आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता Rana GenZ रतुवामाई का अध्यक्ष सौरभ पण्डितले गरेका थिए।

प्रतिकृया दिनुहोस्

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...