
काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्। बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग भेटवार्ता गरेपछि उनले सञ्चारकर्मीलाई यसबारे जानकारी दिएका हुन्।
उक्त आन्दोलनबारे आयोगलाई पनि पूर्व जानकारी दिइएको उनले बताए। उनले भने, “आन्दोलन शान्तिपूर्ण हुनेछ र यस क्रममा हुने कुनै बन्द उल्लंघन, तोडफोड वा आगजनीका लागि अभियान जिम्मेवार रहने छैन।”
यसरी तयारी गरिएको जानकारीले आगामी दिनमा देशव्यापी आन्दोलनको सम्भावना झन् स्पष्ट भएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
