News Portal

निर्वाचन रोक्ने आदेशले देश ठप्प हुने चेतावनी : न्यायाधीश रेग्मी

२७६ पटक

काठमाडौं, कार्तिक १२ – प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पनि बहस चलिरहेको छ।

इजलासमा न्यायाधीशहरूले बहसकर्ताहरूसँग अन्तरिम आदेश जारी गर्नुपर्ने कि नपर्ने भन्ने विषयमा धारणा मागेका छन्।

न्यायाधीश कुमार रेग्मीले भने, “यदि अन्तरिम आदेशले निर्वाचन रोकियो भने सबै प्रक्रिया ठप्प हुने खतरा छ। ठप्प भएर देश कसरी चल्छ?”

न्यायाधीश सपना प्रधान मल्लले पनि सोधिन्, “अन्तरिम आदेश आवश्यक भए कुन विषयमा दिने भन्ने स्पष्ट हुनुपर्छ।”

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँगै न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सहभागी छन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...