News Portal

जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

१४२ पटक

काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित नेपाली दूतावासले असोज २७ देखि यस प्रक्रिया सुरु गरेको जानकारी दिएको छ।

एसएसडब्लू अन्तर्गत १६ क्षेत्रका सिपयुक्त श्रमिकहरू जापानमा काम गर्ने अवसर पाउनेछन्। यसमा नर्सिङ केयर, कन्स्ट्रक्सन, मत्स्यपालन, हस्पिटालिटी, कृषि, एभिएसन, इन्डस्ट्री मेसिनरी, अटोमोबाइल, पेय पदार्थ तथा खाद्य सेवा उद्योगजस्ता क्षेत्र समावेश छन्।

नेपाल र जापानबीच सन् २०१९ मा एसएसडब्लू सम्झौता भए पनि मागपत्र प्रमाणीकरण सुरु नभएसम्म कामदार पठाउन सकिएको थिएन। दूतावासले कानुन, नियमावली र प्रक्रिया अनुसार आवश्यक कागजात बुझाएर प्रमाणीकरण गर्न आग्रह गरेको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले भने, अब प्रमाणीकरण सुरु भएकाले कामदारहरू ठगीमा नपरी जापानमा सुरक्षित र राम्रो सेवा सुविधा पाउनेछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माघ २०८१ मा यस सम्बन्धी कार्यविधि स्वीकृत गरेको भए पनि प्रमाणीकरण अबसम्म सुरु भएको थिएन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...