News Portal

जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

२८५ पटक

काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित नेपाली दूतावासले असोज २७ देखि यस प्रक्रिया सुरु गरेको जानकारी दिएको छ।

एसएसडब्लू अन्तर्गत १६ क्षेत्रका सिपयुक्त श्रमिकहरू जापानमा काम गर्ने अवसर पाउनेछन्। यसमा नर्सिङ केयर, कन्स्ट्रक्सन, मत्स्यपालन, हस्पिटालिटी, कृषि, एभिएसन, इन्डस्ट्री मेसिनरी, अटोमोबाइल, पेय पदार्थ तथा खाद्य सेवा उद्योगजस्ता क्षेत्र समावेश छन्।

नेपाल र जापानबीच सन् २०१९ मा एसएसडब्लू सम्झौता भए पनि मागपत्र प्रमाणीकरण सुरु नभएसम्म कामदार पठाउन सकिएको थिएन। दूतावासले कानुन, नियमावली र प्रक्रिया अनुसार आवश्यक कागजात बुझाएर प्रमाणीकरण गर्न आग्रह गरेको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले भने, अब प्रमाणीकरण सुरु भएकाले कामदारहरू ठगीमा नपरी जापानमा सुरक्षित र राम्रो सेवा सुविधा पाउनेछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माघ २०८१ मा यस सम्बन्धी कार्यविधि स्वीकृत गरेको भए पनि प्रमाणीकरण अबसम्म सुरु भएको थिएन।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...