News Portal

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

    ५५ पटक

    काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार राति उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। उनीसँग उनकी पत्नी डा. आरजु राणासमेत साथ रहेकी छन्।

    देउवा भदौ २४ गतेको प्रदर्शनका क्रममा आक्रमणमा परेका थिए। धारिलो हतियार प्रहार हुँदा उनको टाउकोमा चोट लागेर १२ टाँका लगाइएको थियो। त्यसपछि उनले छाउनीस्थित सैनिक अस्पतालमा लामो समय उपचार गराएका थिए।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठमठम हिँड्दै विमानमा चढेका देउवा सिंगापुर पुग्दा भने ह्विलचियरमा देखिएका छन्। चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा उनी र आरजु दुवै ह्विलचियरको सहारामा बाहिरिएका तस्बिर सुवास कार्कीले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

    कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा देउवा चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि सिंगापुर गएको जानकारी दिइएको छ। कांग्रेसले सभापति देउवाको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेको छ।

    देउवा सिंगापुरमा कति समय बस्ने भन्नेबारे हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

    काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार...

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...