News Portal

  • अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    ४४ पटक

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल आक्रोशका क्षणमा अपशब्द बोलेको स्पष्ट पारेका छन्।

    भदौ २४ गते संसद् भवनमा आगलागी भएको दिन उनले बोलेको भिडिओ भाइरल भएपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै अधिकारीले भने, “भदौ २३ मा मेरो आँखाअगाडि स्कुल ड्रेस लगाएका चार विद्यार्थीहरू गोली हानी मारिए। त्यो दृश्यले मलाई गहिरो पीडा दियो र त्यसकै असरमा मैले अपशब्द बोलेँ।”

    उनका अनुसार ती शब्दहरू व्यक्तिगत होइन, संसद् भवनभित्रबाट गोली चलाउने सरकार र त्यसका नेतृत्वविरुद्ध थिए। उनले भने, “जसले गोली चलाउने आदेश दियो, मेरो शब्द उनीहरूलाई लक्षित थियो, सर्वसाधारणलाई होइन।”

    अधिकारीले आफूले कुनै पनि सरकारी वा निजी संरचना जलाएको प्रमाण देखाउन चुनौती दिए। “सिंहदरबार, अदालत वा अरू कुनै घर जलाएको प्रमाण छ भने देखाउनुस्, म जेल जान तयार छु,” उनले भने।

    भ्रष्टाचारविरुद्धको लडाइँ अझै जारी रहेको बताउँदै उनले जेनजी आन्दोलनलाई समर्थन गर्ने आफू र अरू युवाहरूले सरकारलाई चेतावनी दिएको पनि स्मरण गराए।

    अधिकारीले सामाजिक सञ्जालमा भदौ २३ का विद्यार्थी हत्या सम्बन्धी सामग्रीहरू मेटिँदै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, “एकवटा भवन जल्नुभन्दा ठूलो कुरा ती चार निर्दोष विद्यार्थीको ज्यान गुम्नु हो। त्यो कहिल्यै बराबरी हुन सक्दैन।”

    उनले अन्त्यमा थपे, “अपशब्द सुन्दा कसैलाई असजिलो लागेको हुन सक्छ, त्यसका लागि म माफी माग्छु। तर जसविरुद्ध बोलेँ, त्यहीँका कारण निर्दोष मरेका थिए, त्यसमा पछुतो छैन।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...

    श्री पशुपतिनाथ शन्तानेश्वर महादेव मन्दिरको भव्य उद्घाटन सम्पन्न

    समीर कुमार अधिकारी (द्रुपद)/ काठमाडौं १० –  २०८२ साल कात्तिक ९ गते, आइतबार (पंन्चमी तिथी)...

    आज २०८२ साल कार्तिक १० गतेको राशिफल

    आज कार्तिक १०, २०८२ (अक्टोबर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...