News Portal

  • स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

    ६३ पटक

    काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका सबै तहका कर्मचारीलाई पारदर्शिता कायम राख्न निर्देशन दिँदै भ्रष्टाचार विरुद्ध कडा चेतावनी दिएकी छन्। पदभार ग्रहण गरेसँगै उनले भनिन्, “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्, प्रशासनिक र आर्थिक दुवै पक्षमा स्वच्छता अनिवार्य छ।”

    मन्त्री शर्माले मन्त्रालय र अन्तर्गतका निकायबाट प्रवाह हुने सेवाहरू नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै सेवाग्राहीलाई दुःख दिने, फाइल रोक्ने वा अनावश्यक झन्झट सिर्जना गर्ने प्रवृत्तिलाई पनि भ्रष्टाचारकै रूपमा गणना गरिने बताइन्।

    उनले स्मरण गर्दै भनिन्, “जब म सचिव थिएँ, भ्रष्टाचारसँग लड्नु सबैभन्दा ठूलो चुनौती थियो। राजनीतिक हस्तक्षेपले धेरै कुरा सम्भव भएन, त्यसैले राजीनामा दिएँ।”

    अबको आफ्नो कार्यकालमा खरिद प्रक्रिया पारदर्शी बनाउने, शून्य भ्रष्टाचार नीति लागू गर्ने र स्वास्थ्य सेवा वितरणमा सुधार ल्याउने उनको योजना छ।

    शर्माले मानसिक स्वास्थ्य, जनशक्ति व्यवस्थापन र मातृ–शिशु मृत्युदर घटाउनेलाई प्राथमिकतामा राख्ने बताइन्। साथै, जेनजी आन्दोलनमा शहीद भएका परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बीमा, घाइतेहरूलाई निरन्तर निःशुल्क उपचार, र विदेशमा रहेका श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि विशेष योजना अघि सार्ने प्रतिबद्धता व्यक्त गरिन्।

    उनले श्रम मन्त्रालय र अर्थ मन्त्रालयसँग सहकार्य गर्दै विदेशमा रहेका नेपालीहरूलाई स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने सम्भावनाबारे पनि छलफल अघि बढाउने बताइन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    साथी

    कविता साथी “सुःखमा आउनेहरु मैले चाहेको दुःखमा आउनेहरू मलाई चाहेको मिठा तिता बचनहरू मैले खाएको...

    स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

    काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका...

    दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

    काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी...

    भैरहवा: नर्स र प्यारामेडिक्सको माग पूरा नहुँदा सेवा ठप्प हुने चेतावनी

    भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग...

    नेपालमा टिकटकले तीन महिनामा हटायो २४ लाख भिडियो

    काठमाडौं, कार्तिक ९ – छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालमा अप्रिलदेखि जूनसम्म करिब २४ लाख ७६...