News Portal

नेपालमा टिकटकले तीन महिनामा हटायो २४ लाख भिडियो

२४७ पटक

काठमाडौं, कार्तिक ९ – छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालमा अप्रिलदेखि जूनसम्म करिब २४ लाख ७६ हजार भिडियो हटाएको छ। यसलाई कम्पनीले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको कारणले हटाएको जनाएको छ।

रिपोर्टअनुसार, हटाइएका भिडियोमध्ये ९८ प्रतिशतभन्दा बढी २४ घण्टाभित्रै हटाइएका थिए। विश्वव्यापी रूपमा, टिकटकले तीन महिनामा करिब १८९ मिलियन भिडियो हटाएको थियो। तीमध्ये अधिकांश अटोमेटेड प्रविधिबाट पहिचान भएका थिए भने केही रिभ्युपछि पुनःस्थापित भएका थिए।

हटाइएका सामग्रीमा संवेदनशील वा वयस्क विषय भएका भिडियोहरू सबैभन्दा बढी (३० प्रतिशत), सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने १४ प्रतिशत, गोपनीयता उल्लङ्घन गर्ने ६ प्रतिशत, गलत सूचना फैलाउने ४५ प्रतिशत र एआई वा सम्पादित सामग्री २४ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ।

टिकटकले नियमितरूपमा यस्तो रिपोर्ट सार्वजनिक गर्दै पारदर्शिता कायम राख्ने र प्लेटफर्मको विश्वसनीयता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। प्रयोगकर्ताहरूले थप जानकारीका लागि टिकटकको ‘ट्रान्सपरेन्सी सेन्टर’ हेर्न सक्नेछन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...